पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती क्षेत्रका सरोकारवालाहरु बिच संरक्षण सम्बन्धी छलफल तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालको अध्यक्षता तथा पर्सा राष्ट्रीय निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा जनहित मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पर्सा राष्ट्रीय निकुन्ज कार्यालय आधाभार तथा पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती ब्यवस्थापन समितिको संयुक्त आयोजनामा मध्यवर्ती क्षेत्रका उपभोक्ता समिती , मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, मध्यवर्ती सहकारी संस्थासङ्गै समुदायमा आधारित चोरिशिकार नियन्त्रण युवा जागरण र बाघ मित्र अभियानका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न उक्त छलफल तथा अन्तरकृया कार्यक्रम संरक्षणको अवस्था तथा अगामी रणनितिमा केन्दृत रहेको थियो ।
४६ मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह १३ वटा मध्यवर्ती उपभोक्ता समिती र १४ वटा चोरी शिकारी नियन्त्रण युवा जागरण समुहको प्रमुख र प्रतिनिधिको सहभागितामा पहिलो पटक यस्तो कार्यक्रम भएको हो ।
२०६२ सालमा मध्यवर्ती क्षेत्र स्थापना भएदेखी पहिलो पटक सरोकारवालाको बिचमा यसरी छलफल र अन्तरकृया सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले उक्त कार्यक्रमलाई मध्यवर्तिका उपभोक्ताका लागि एउटा अवसर भएको बताउनुभयो । उंहाले सहभागी सरोकारवालाहरुलाई ४ वटा समूहमा बिभाजित गरि मध्यवर्ती क्षेत्रको संरक्षणको अवस्था, संरक्षणमा देखिएको समस्या र चुनौतिसङ्गै अगामी रणनितिका बिषयमा हुने ब्यापक छलफल तथा अन्तरकृयाले संरक्षणलाई एउटा नयां दिशा दिने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव कुमार झाले मध्यवर्ती क्षेत्र र त्यसभित्रका वन्यजन्तुको संरक्षण अवसर र चुनौती दुबै भएको बताउंदै चुनौतिलाई चिर्दै अवसरको सदुपयोग गर्न सहभागी सरोकारवालाहरुसङ्ग अनुरोध गर्नुभयो । उंहाले वन्यजन्तुको संख्यामा भएको बृद्धिको अनुपातमा वन र निकुन्जको क्षेत्रमा वृद्धि हुन नसक्दा र वन तथा बस्ती बिचको दुरि कम हुंदा मानव र बन्यजन्तुबिच द्वन्द बढेको बताउनुभयो । मानव वन्यजन्तु सह अस्तित्वका लागि सरोकारवालाहरुको ध्यान जान जरुरी भएको बताउंदै उंहाले बन्यजन्तुलाई बस्तिमा पस्न नदिएर बनभित्रै राख्ने उपायहरुको खोजी गरिनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी पर्सा राष्ट्रीय निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने मध्यवर्तिलाई अवसरको रुपमा सदुपयोग गर्न नसकेको वा नजानेको कारण पछिल्लो समय मध्यवर्ती परित्याग गर्ने परिपाटी बढेको बताउंदै त्यसप्रती सबै सजग बन्न आग्रह गर्नुभयो । उंहाले प्रत्येक समुहले सहकारी सन्चालन गरेको बताउंदै सहकारीको नियमन निकुन्जले गर्न नमिल्ने भएकोले आर्थिक कारोबार गर्दा बैंक तथा सहकारिमा आबद्धता हुन उपभोक्तालाई सुझाव दिनुभयो ।
कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुभएका मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले भने मध्यवर्तिका स्थानियका लागि निकुन्ज र त्यसभित्रका वन्यजन्तुहरु अवसरको रुपमा प्राप्त भएपनी त्यसलाई स्थानियको आय आर्जन र रोजगारिसङ्ग जोडन नसक्दा संरक्षण चुनौतिपुर्ण बन्दैगएको बताउनुभयो । उंहाले निकुन्जको झन्झटिलो कानुनका कारण निजि क्षेत्रले लगानी गर्ने सहज बातबरण नपाएको बताउंदै लगानिको सहज बातबरण बनाउन सरकारसंग आग्रह गर्नुभयो । कार्यक्रमको सन्चालन निकुन्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी सन्तोष भगतले गर्नुभएको थियो ।
पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती क्षेत्रका सरोकारवालाहरु बिच संरक्षण सम्बन्धी छलफल तथा अन्तर्किया कार्यक्रम सम्पन्न

