Advertisement
भिडियो

फिल्ड डेमो सहित वन डडेलो नियन्त्रण तालिम सम्पन्न

Advertisement

हरेक वर्ष वनजँगलमा लाग्ने गरेको डडेलो नियन्त्रणलाई प्रभावकारी बनाउन पर्सामा फिल्ड डेमो सहितको दुई दिने वन डडेलो नियन्त्रण तालिम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय पर्साको आयोजना तथा समृद्धिका लागि वन परियोजना रेड कार्यान्वयन केन्द्रको आर्थिक सहयोगमा पर्साको विन्दवासिनी कोईलाभार बडनिहार साझेदारी वन उपभोक्ता समितिको सभाहलमा तालिम सम्पन्न भएको हो । तालिम फागुन २२ र २३ गते गरी दुई दिन आयोजना भएको हो । तालिममा डिभिजन वन कार्यालय पर्साद्वारा गठित फायर रेपिड रेस्पोन्स टिमका सदस्यहरु, विन्दवासिनी कोईलाभार बडनिहार साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष लगायतका पदाधिकारीहरु, वन हेरालुहरु, बडनिहार तथा सबैया सव डिभिजन क्षेत्रभित्र पर्ने सुरक्षाकर्मीहरु, मधेश प्रदेश विपद व्यवस्थापन कार्यालयका प्रहरी कर्मचारीहरु, डिभिजन तथा सव डिभिजन वन कार्यालयका कर्मचारीहरुसँगै स्थानिय सञ्चारकर्मीहरु गरी झण्डै ७० जनाको सहभागिता रहेको थियो ।

विज्ञ प्रशिक्षकद्वारा प्रदान गरिएको डडेलो नियन्त्रण तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । खास गरी नेपालमा वन डडेलोको पृष्ठभुमी, वन डडेलोको बर्गिकरण, वन डडेलो लाग्ने कारक तत्व र प्रभावित स्थानहरुको विषयमा सैद्धान्तिक ज्ञान दिईएको थियो भने वन डडेलोबाट हुनसक्ने सम्भावित क्षति तथा असर र त्यसबाट बच्ने उपायहरुका बारेमा फिल्डमा प्रयोगात्मक अभ्यास समेत गराईएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप