पर्सामा प्रहरीले श्रोत नखुलेको १५ लाख रुपैया हुण्डीको रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
हुण्डिको रकमसहित प्रहरिले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी वल नेपालबाट खटिएको संयुक्त टोलीले वशेष सुचनाको आधारमा पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे चेकप्वाइन्टस्थित सडकखण्डमा जाँच गर्दा पटेललाई नियन्त्रणमा लिन सफल भएको प्रहरिले जनाएको हो ।
भारतिय नम्बर प्लेट भएको बि आर २२ एफ ४१२६ नम्बरको मोटर साईकलमा सवार पटेलले उक्त मोटरसाइकलको लेग गार्डमा झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको श्रोत नखुलेको १५ लाख रुपैया प्रहरीले रित पूर्वक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन ।मोटरसाइकल र हुण्डिको रकमसहित नियन्त्रणमा परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता वस्नेतले जानकारी दिएका छन ।

