Advertisement
भिडियो

रौतहटमा आफ्नै घरभित्र गाडिएको अवस्थामा २५ वर्षीया महिलाको शव फेला : परिवारकै सदस्यकाे संलग्नता रहेकाे प्रहरीकाे अशंका

Advertisement

रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक २५ वर्षीया महिलाको बीभत्स शब आफ्नै घरमा खाडल खनेर पुरेको अवस्थामा बरामद भएको छ ।

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरी घरकै भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको हो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो । मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूले मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी गराएउनुभएको छ ।


प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको छ र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको छ । घटनास्थलबाट प्रहरिले एक थान चक्कु बरामद गरेको छ । खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने फरार परिवारजनको खोजी तीव्र पारिएको राैतहट प्रहरीले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप