बारामा प्रहरीले नाबालिकसङ्ग बिहे गर्न खोजेको चिनियाँ बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली नाबालिकसँग विवाह गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले बेहुला–बेहुली र बेहुलीका बुवालाई नियन्त्रणमा लिएको हो
प्रहरीका अनुसार उक्त विवाह नाबालिकासँग हुन लागेको पुष्टि भएपछि समयमै दखल दिई विवाह रोकिएको र उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ पर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन।
प्रहरिको प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको पाइएको छ। सो गाउँ र आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिरहेको सुराकी प्रहरीलाई मिलेपछि यस विषयमा गहिरो अनुसन्धान चलाइएको प्रहरिको दाबी छ। स्थानीयका अनुसार गत एक वर्षमै त्यही बस्तीमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भइसकेका छन्।
सोही वडाका वडाध्यक्ष सोनालाल साहका अनुसार प्रहरी नियन्त्रणमा परेका चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै आएका थिए। चिनियाँ नागरिकसङ्ग बिहे हुंदैगरेको युवतीको उमेर १८ वर्ष मात्र रहेको वडा अध्यक्षको दाबी छ ।
बारामा नाबालिकसङ्ग बिहे गर्ने चिनियाँ नागरिक पक्राउ

