Advertisement
भिडियो

पर्सामा लागुऔषध गांजासहित दुई जना प्रहरी नियन्त्रणमा

Advertisement

पर्सामा प्रहरीले कारभित्र लुकाएको लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरिले पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट १०४ किलो लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको  हो  मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–८ का २२ वर्षीय भिम स्याङ्तान र मकवानपुरकै मकवानगञ्ज नगरपालिका–७ का २८ वर्षीय कुमार स्याङ्तानलाई लागुऔषध गांजासहित प्रहरिले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले चेकजांचको क्रममा उक्त गाँजा उनिहरुको साथबाट बरामद गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताउनुभएको छ ।

उंहाले गांजा बोकेको बीएबी ९३९८ नम्बरको स्विफ्ट कार समेत बरामद गरिएको बताउनुभएको छ । कार जाँच गर्ने क्रममा उक्त कारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा करिब १०४ किलो बराबरको १० पोका गाँजा बरामग गरिएको र बरामद गरिएको गाँजा र कारसहित थप अनुसन्धान भइरहेको प्रहरि उपरिक्षक पाठकले बताउनुभएको हो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप