Advertisement
भिडियो

लागू औषध चरेससहित पर्सामा २ जना पक्राउ

Advertisement

पर्सामा २४० किलो लागू औषध चरेशसहित दुईजनालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

चरेससहित प्रहरिको नियन्त्रणमा पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं.११ बस्ने वर्ष २९ को सरोज मोक्तान र सोही ठाउँ बस्ने वर्ष २१ को नवराज लो रहेको प्रहरिले जनाएको छ ।

सूचनाको आधारमा पुस ५ गते सांझ ७ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाटस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगंज आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकबाट लागूऔषध चरेसजस्तो देखिने वस्तु २४० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।

ट्रकको क्याबीनको माथि फल्स बनाई लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २४० के.जी. फेला परेपछि उक्त ट्रकका चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.११ बस्ने वर्ष २९ को सरोज मोक्तान र सोही ठाउँ बस्ने वर्ष २१ को नवराज लोलाई पक्राउ गरी  अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जनाएका छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप