Advertisement
भिडियो

औधोगिक प्रतिष्ठानमा कार्यरतको ब्यवसायिक सुरक्षा र स्वास्थ्यका लागि इन्स्योर हेल्भेटास नेपालको दुई दिने तालिम

Advertisement

औधोगिक प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा मजदुरहरुको ब्यवसायिक सुरक्षाका लागि बाराको सिमरामा २ दिने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

बिरगन्ज उधोग बाणिज्य संघको सहकार्यमा हेल्भेटास नेपालको  इन्स्योर परियोजनाले उक्त तालिमको आयोजना गरेको हो । बाराको सिमरास्थित क्लासिक प्लाजा होटलमा आयोजित दुई दिने तालिममा बिरगन्ज उधोग बाणिज्य संघमा आबद्ध बारा पर्सा औधोगिक करिडरका करिब दुई दर्जन उधोग तथा प्रतिष्ठानमा कार्यरत २७ जना कर्मचारिहरुको सहभागिता रहेको छ ।

औधोगिक प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा मजदुरको सुरक्षा र स्वास्थ्यप्रति सजग बनाउन र उनिहरुमाथी हुने जोखिम न्युनिकरण गर्न आयोजना गरिएको दुई दिने तालिम आज मङ्गलबार बिधिवत रुपमा उद्घाटन भएको हो । बिरगन्ज उधोग बाणिज्य सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायतको बिशेष आतिथ्यतामा उद्घाटन भएको दुई दिने तालिममा सहभागिलाई हिमाल सेफ्टी सोलुशनका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तालिमको उद्घाटन सत्रमा तालिमका सहभागिलाई सम्बोधन गर्ने क्रममा जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले औधोगिक सुरक्षा र स्वास्थ्यको बिषय सुन्दा सामान्य लागेपनि त्यसप्रति देखाइने सानो असावधानिले पनि ठूलो जोखिम निम्त्याउने भएकोले सुरक्षा र स्वास्थ्यप्रति सम्बेदनशिल भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । उंहाले दुई दिनको तालिमले दिने सिकाईलाई आफू कार्यरत उधोगमा ब्यवाहरिक रुपमा लागू गर्दै आफ्नो र आफू कार्यरत उधोगको सुरक्षामा प्रयोग गर्नसके त्यसले जोखिमबाट बचाउन ठुलो मदत पुग्ने बताउनुभयो ।

सुरक्षामा देखिने असावधानिका कारणले हुने क्षतिप्रति उधोगिहरु सम्बेदनशिल भएको बताउंदै उधोगमा कार्यरत कर्मचारी तथा मजदुरलाई उधोगले सुरक्षा सामाग्रीहरु उपलब्ध गराए पनि त्यसको उपयोगमा चासो नदिंदा कर्मचारी र मजदुर मात्रै नभै उधोग नै जोखिममा पर्ने गरेको बिरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । त्यसको न्युनिकरणका लागि नै यो तालिमको आयोजना गरिएको अध्यक्ष  गौतमले बताउनुभयो । सुरक्षा र स्वास्थ्य अति नै सम्बेदनशिल बिषय भएकोले त्यसप्रति सबै सजग र गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।

विभिन्न उधोगका २७ जनाको सहभागिता रहेको उक्त तालिमको सिकाइले उधोग तथा प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा मजदुरहरुको ब्यवसायिक सुरक्षा र स्वास्थ्यमा हुने जोखिमलाई न्यून गर्न प्रभावकारी भुमिका निर्वाह गर्ने हेल्भेटास नेपालको इन्स्योर परियोजनाका टेक्निकल कोर्डिनेटर भरत सहनिले बताउनुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप