Advertisement
भिडियो

भुक्तानी सहज नहुँदा व्यवसाय नै सँकटमा पदैगएको निर्माण व्यवसायीको गुनासो :

Advertisement

सार्वजनिक निर्माणका कार्यहरुमा कार्यालयले भुक्तानीमा गर्ने ढिलाईले निर्माण व्यवसायीको पेशा नै सँकटमा परेको जीतपुरसिमरा नगर निर्माण व्यवसायी सँघमा आबद्ध व्यवसायीले गुनासो गरेका छन । नगर निर्माण व्यवसायी सँघ जीतपुरसिमराले सिमरामा आयोजना गरेको दोश्रो साधारण सभाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । बर्तमान अवस्थामा देशकै अर्थतन्त्रमा परेको असरले कुनै पनि क्षेत्र अछुतो नरहेको र व्यापार व्यवसाय गर्ने अवस्था गुम्दैगएको अवस्थामा जोखिम मोलेर निर्माण व्यवसायीहरुले सार्वजनिक निर्माणका कार्यहरु गर्नुपरेको अवस्थाका बिच सार्वजनिक निकायबाट निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा पेशाबाटै पलायन हुने अवस्था सृजना भएको उनीहरुले बताएका छन । त्यसमाथि स्थानिय तहहरुले उपभोक्ताको नाममा मिलेमतो गरी आफ्ना नजिकका व्यक्ति वा सँस्थालाई निर्माणको काम दिनेगरेकोले सरकारलाई कर तिरेर व्यवसायिक रुपमा यस क्षेत्रमा लागेका व्यवसायीहरुको अवस्था झनै नाजुक बनेर बेरोजगार हुने अवस्था आईपरेको उनीहरुले दुखेसो पोखे । स्थानिय स्तरमा रोजगारीको सृजनासँगै राज्यको कर राजस्वमा बृद्धि गर्ने तथा स्थानिय स्तरमा व्यापार व्यवसायको प्रबद्र्धन गर्दै स्थानिय प्राकृतिक श्रोतको उपयोग तथा उत्पादनको प्रबद्र्धनमा योगदान दिँदैआएको निर्माण व्यवसायीका मर्काप्रति तिनै तहको सरकार उदासिन देखिनुले पनि निर्माण क्षेत्र सँकटमा पर्दैगएको सहभागी निर्माण व्यवसायीहरुले बताएका छन । जीतपुरसिमरा नगर निर्माण व्यवसायी सँघको दोश्रो साधारण सभा सँघका अध्यक्ष दीपक ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप