बन्यजन्तुमैत्री पुर्वाधार निर्माण निर्देशिका २०७८ लाई योजना, डिजाईन, निर्माण र अनुगमन तहमा कार्यन्वयन नगर्दा राजमार्गमा हुने मानव र बन्यजन्तुको क्षती न्युनिकरणमा समस्या थपिदैगएको सरोकारवालाले टिप्पणी गरेका छन
निकुन्ज र बन क्षेत्रको राजमार्गमा हुने सडक दुर्घटनाबाट मानव वन्यजन्तुको क्षतीको अवस्था र त्यसको न्युनिकरण सम्बन्धि पर्सा राष्ट्रीय निकुन्जले आयोजना गरेको सरोकारवालासङ्गको अन्तर्कृया कार्यक्रममा सहभागिहरु सरोकारवालाहरुले यस्तो टिप्पणी गरेका हुन । सडक, वन तथा निकुन्जसङ्गै त्यससङ्ग जोडिएका अन्य बहुसरोकारवालाको सहभागितामा पर्सा राष्ट्रीय निकुन्जको सभाहलमा निकुन्जले उक्त कार्यक्रम आयोजना गरेको हो । आयोजित कार्यक्रममा अन्तर्कृया गर्दै सरोकारवालाले राजमार्गमा हुने दुर्घटनामा हुनेगरेको मानविय तथा वन्यजन्तुको क्षतिको बारेमा आफ्नो धारणा राख्दै त्यसको न्युनिकरणका लागि गर्न सकिने उपायको बारेमा आफ्नो सुझाव दिएका थिए ।

वन तथा निकुन्ज क्षेत्र भएर निर्माण गरिने सडक पुर्वाधारको निर्माण गर्दा सडकले सडक पुर्वाधार निर्माण निर्देशिकालाई ब्यवहारिक रुपमा पालन गर्नुपर्नेमा निर्देशिकालाई आचार संहिताको रुपमा हल्का रुपमा लिंदा सडक मानव र वन्यजन्तु दुबैका लागि धराप बनेको टिप्पणी गरे । निर्देशिकालाई आचारसंहिताको रुपमा भन्दा पनि नितिगत रुपमै कार्यान्वयनमा ल्याउन आवश्यक भएको उनिहरुले बताएका छन ।
एशियन हाइवेको मापदण्ड अनुसार बाराको पथलैयादेखी चितवनसम्म चार लेन सडक बिस्तारको चरणमा रहेको १०० किलोमिटर सडकलाई वन्यजन्तु मैत्री बनाउन चितवनको टिकौलि र पर्सा राष्ट्रीय निकुन्ज क्षेत्रमा गरि दुइटा फ्लाईओभर निर्माण गर्ने सरकारको योजना सकरात्मक भएको बताउंदै उक्त योजना कार्यन्वयनमा नआउंदासम्म राजमार्गमा हुने मानविय र वन्यजन्तुको क्षती नियन्त्रण गर्न बहुसरोकारवाला निकायको भुमिका, समन्वय, उत्तरदायित्व र प्रतिबद्धता स्पष्ट हुन आवश्यक भएको उनिहरुले बताएका छन ।

