Advertisement
भिडियो

मानव वन्यजन्तु द्वन्द समाधानका लागि सरोकारवालासँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

Advertisement

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बढदैगएको मानव वन्यजन्तु द्वन्द समाधानका लागि निकुञ्जले सरोकारवालासँग बृहद छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
मानव वन्यजन्तु द्वन्द न्युनिकरणमा देखिएका मुख्य कानुनी बाधा र चुनौतिहरु तथा त्यसको समाधानका उपायहरुको विषयमा निकुञ्जले आईतबार सरोकारवालासँग अन्तरकृया गरेको हो । ३० औँ वन्यजन्तु सप्ताह मनाउने क्रममा आज अन्तिम दिन मानव वन्यजन्तु द्वन्द न्युनिकरणमा साझा दृष्टिकोणः व्यवहारिक समस्या र कानुनी समाधान भन्ने विषयमा अन्तरकृया गर्दै निकुञ्जका प्रमुख सँरक्षण अधिकृत रामचन्द्र खतिवडाले मानव वन्यजन्तु द्वन्द र त्यसको समाधानका विषयमा आफुले गहन अध्ययन गरी तयार पारेको २५ बुन्दे समस्या र समाधानका उपायहरुको विषयमा आफ्ना प्रस्तुति राखेका थिए । जसमा मध्यवर्ति क्षेत्र व्यवस्थापनमा स्थानिय तह र जनप्रतिनिधिको अन्र्तबिरोध बढदै जाँदा मध्यवर्ति क्षेत्र परित्याग गर्न माग बढिरहेकोले व्यवस्थापनमा समस्या थपिएको र अर्कोतिर मध्यवर्तिका खोलानालाहरुमा भएको प्राकृतिक साधनको सँकलन र उपयोग सम्बन्धमा स्पष्ट प्रावधान नहुँदा नियमनमा समस्या देखिएकोले त्यसको समाधानका लागि सुझाव पेश गरेका थिए । त्यस्तै वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिमा देखिएको जटिलताले पिडितहरु राहत पाउने कुरामा समस्या हुँदा मानव वन्यजन्तु द्वन्दको न्युनिकरण झनै पेचिलो बन्दैगएकोले पिडितले सहज उपचार र राहत पाउने गरी कानुनमा सँसोधन गर्नुपर्ने सुझाव दिए ।

वन तथा वन्यजन्तु मानवको शत्रु नभई मित्र हो भन्ने भावनाको विकास गर्न मध्यवर्तिका बासिन्दालाई आयआर्जनसँग जोडने खालका कृयाकलापमा निकुञ्ज, मध्यवर्ति क्षेत्र तथा स्थानिय तहबिच समन्वय र सहकार्यको खाँचो रहेको औँल्याउँदै समन्वय र सहकार्यका लागि अनुरोध गरे । आफु पर्सा राष्ट्रिय निकुञ्जको सँरक्षणमा जिम्मेवारी सम्हालेदेखि नै निकुञ्ज क्षेत्र वरिपरी बसोबास गर्ने स्थानियको जीवन स्तर उकास्न निकुञ्जलाई पर्यापर्यटनसँग जोडने गतिबिधिमा विशेष ध्यान दिएको र त्यसका लागि चितवन पर्सा राष्ट्रिय निकुञ्जको अवधारण अनुरुप वार्डेन स्तरमा बहस गरी माथिल्लो निकायसम्म पुर्याएको बताउँदै थप समन्वय र सहकार्यका लागि स्थानिय तहका जनप्रतिनिधि, मध्यवर्तिका पदाधिकारी र निकुञ्जका अधिकारीहरुको टोली काठमाण्डौमा डेलिगेशन जानुपर्ने आवश्यकता रहेको बताएका छन । वन्यजन्तु सप्ताहको आज अन्तिम दिन आयोजना गरेको कार्यक्रमका बिच जुलोजिकल सोसाईटि अफ् लण्डन जेडएसएलसँगको सहकार्यमा पर्सा राष्ट्रिय निकुञ्जले तयार पारेको पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिडोर नक्साङ्कन र संरक्षण कार्य प्राथमिकतामा भन्ने पुस्तकको लोकार्पण समेत गरिएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप