Advertisement
भिडियो

हुन्डिको रकमसहित पर्सामा तीन जना पक्राउ

Advertisement

हुण्डिको १० लाख बढी नगद रकमसहित पर्सामा तीन जनालाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ४ देउरवानाका २२ वर्षीय पवनकुमार साह, सोहि ठाँउका ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेको प्रहरिले जनाएको छ । हुण्डिको रकमसहित प्रहरिले जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ गडैयाटोलबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताउनुभएको छ ।

ना.१६ प ३०२० नम्बरको मोटरसायकलमा सवार उनिहरु भारतबाट नेपाल प्रवेश गरेको अवस्थामा गडैयाटोलमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट श्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद भएको कार्कीले बताउनुभयो ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भईरहेको कार्कीले जानकारी दिभएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप