Advertisement
भिडियो

वनको जग्गामा गाँजा खेति: डिभिजन वन र प्रहरीको सँयुक्त टोलीले गर्यो नष्ट

Advertisement

पर्सामा झण्डै ६ बिघा जग्गामा लगाएको गाँजा खेति प्रहरीको सहयोगमा डिभिजन बन कार्यालय पर्साले नष्ट गरेको छ । पर्सा जिल्लाको सँखुवा पर्सौनी गाउँपालिको वडा नम्बर १ स्थित नयाँबस्ति टोलमा स्थानियले लगाएको झण्डै ६ बिघा क्षेत्रफलको गाँजा खेति प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय पर्साले नष्ट गरेको हो ।

डिभिजन वन कार्यालयले केही वर्ष अघि तारबार गरी सँरक्षण गरेर बृक्षारोपण गरेको झण्डै ६० हेक्टर अर्थात ९० बिघा क्षेत्रफल वनको जग्गा स्थानियले अतिक्रमण गरी त्यसमा तोरी खेतिसँगै लागु औषध गाँजा समेत लगाएका थिए । वनको ति जग्गामध्ये झण्डै ६ बिघा जग्गामा स्थानियले अबैध रुपमा गाँजाको खेति गरेका थिए ।

लागुऔषधको रुपमा परिचित गाँजाको खेति, ओसारपसार, कारोबार र सेवन ऐनद्वारा नै प्रतिबन्धित छ । तर सरकारले प्रतिबन्ध लगाएको लागुऔषध गाँजाको खेति सरकारी जग्गा अर्थात बनको जग्गामा नै लगाएको सुचना पाएपछि महिनाअघि डिभिजन वन कार्यालयले ति गाँजालाई फडानी गरेको थियो । तर फडानी गरिएको उक्त जग्गामा फेरी स्थानियले गाँजा लगाएको र ति गाँजामा फुल गागिसकेको खबर पाएपछि स्थानिय प्रहरी प्रशासनको सहयोगमा आज बुधबार डिभिजन कार्यालयको टोली उक्त ठाउँमा पुगेर त्याँहा लगाएको गाँजा नष्ट गरेको हो ।

गाँजा खेति नष्ट गर्न तिन वटा ट्याक्टर समेतको प्रयोग गरी खेती गरिएको जग्गालाई जोतेर पूर्ण रुपमा गाँजा नष्ट गरिएको हो । वनको जग्गामा स्थानियले अबैध तरिकाले लगाएको अबैध गाँजाको खेति नष्ट गर्न डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मन्जुर अहमदको नेतृत्वमा ३० जनाको टोली बुधबार बिहानै सँखुवा पर्सौनी पुगेको थियो । अबैध गाँजा खेति नष्ट गर्ने कार्यमा सहयोग गर्न शसस्त्र प्रहरी सिमा सुरक्षा बल बागेश्वरी तित्रौना बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक शाम नारायण महतोको टोलीसँगै ईलाका प्रहरी कार्यालयको टोली गरी झण्डै २५ जना सुरक्षाकर्मीहरु पनि त्याँहा पुगेर स्थानियले लगाएको उक्त गाँजा खेति नष्ट गरेको हो ।

गाँजा खेतिको बिरासत:
लागु औषधको रुपमा चिनिने गाँजाको खेति अबैध मात्र होईन, सरकारद्वारा प्रतिबन्धित पनि हो । तर सरकारले प्रतिबन्ध लगाएको गाँजा खेति अहिले पनि देशका विभिन्न जिल्लामा धेरथोर हुँदैआएको कुरा दैनिक रुपमो विभिन्न मितिमा विभिन्न व्यक्तिबाट प्रहरील बरामद गरेको घटनाबाट पनि पुष्टि हुन्छ । भारतसँग सिमा जोडिएको बारा र पर्सा जिल्लाका बिभिन्न नाकामा प्रहरीले बरामद गरेको गाँजामा मकवानपुरदेखि बारा र पर्साका विभिन्न व्यक्तिहरुको सँलग्नता देखिएको छ भने गाँजाको खेति र त्यसको कारोबार र ओसारपसारमा सानादेखि ठुला व्यक्तिहरुको सँलग्नता रहँदैआएको कुरा प्रहरीको अनुसन्धानले पनि देखाएको छ ।

कसले गर्छ गाँजा खेति ??
गाँजाको खेति खास गरेको भित्रि पहाडका गाउँ र बाटोघाटोको असुबिधा वा सडक सञ्जालको पहुँच कम भएको तराईका गाउँहरुमा बढी हुनेगरेको पाईएको छ । पर्साको उत्तरी र पश्चिमी भेगमा भित्री गाउँहरुमा पहिला स्थानिय किसानहरुले नै गाँजाको खेति गर्नेगरेका थिए । तर प्रतिबन्धित गाँजाको खेतिलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले कडाई गरेपछि किसानहरु गाँजाको खेतिलाई छाडेर गाँजाको ठाउँमा मकै, तोरी, सुर्ति जस्ता नगदे बाली लगाउँदै यतिबेला पर्साबाट लगभग खुलमखुल्ला रुपमा हुँदैआएको गाँजाको खेति नियन्त्रणमा आएको छ । तर गाँजामा राम्रो पैसा आउनेभएकोले केही किसानले अहिले मकैबारी वा उँखुँबारीको बिचमा लुकाएर केही गाँजाको बोट लगाउनेगरेको विभिन्न समयमा प्रहरीले गरेको गाँजाको फडानीको दृष्यले प्रमाणित गरेको छ । तर पर्सा जिल्लाको सँखुवा पर्सौनीमा गरिएको गाँजा खेतिको दृष्य भने फरक छ ।

नम्बरी जग्गामा गाँजा खेति गर्दा कानुनी फन्दामा पर्ने डर एकातिर त छँदैछ । तर गाँजामा मोटो कमाई हुने देखेका चलाख बुद्धि भएका र समाजको विभिन्न क्षेत्रमा राम्रो पहुँच भएकाहरु यतिबेला सार्वजनिक जग्गा, वनको जग्गा जस्ता सार्वजनिक सरकारी प्रकृतिका जग्गामा गाँजाको खेति गरेको दृष्य अगाडी आउनथालेको छ । सार्वजनिक जग्गामा गाँजा खेति गर्दा किसानको पहिचान खुलाउन र कानुनी कार्यवाही गर्न सहज नभएकोले गाँजा खेति र त्यसको कारोबार तथा ओसारपसारमा जोडिएकाहरु त्यस्तो प्रकृतिको जग्गा रोज्नथालेका छन ।

पर्सा जिल्लाको सँखुवा पर्सौनीमा वनको जग्गामा लागुऔषध गाँजाको अबैध खेति त्यसको एउटा ज्वलन्त उदाहरण हो । गाँजाको खेति गरिएको ठाउँको स्थानियलाई ज्याला मजदुरीको काममा उपयोग गरेर बस्ति नजिकका ठालुहरुले स्थानिय प्रहरी, प्रशासन र वनका कर्मचारीहरुलाई दबाव वा प्रभावमा पारेर गाँजा खेति गरेको पाईएको छ । “तलतिरका मानिसहरुले यँहा आएर गाँजा लगाएका छन । हामी नजिक भएकोले वनका कर्मचारीले हामीलाई नै शँका गर्छन ।

गाँजा लगाएर उनीहरुले फाईदा लिन्छन अनि उठिबास हाम्रो लाग्छ ।” नाम बताउन नचाहने एक स्थानियले दुखेसो पोखे । “हामी १५÷१६ घरधुरीको यँहा बसोबास छ । तोरी र तरकारी खेति हामीले लगाएका हौँ । आफ्नो नम्बरी जग्गा नभएर दुखजेलो गर्न जँगलमा आएर बसेका छौँ, तलतिरकाले गाँजा लगाएर अब हाम्रो उठिबास नै लगाउने भो ।” आफ्नो नाम गोप्य राख्दै अर्को एक जनाले थपे । हामीले केही बोल्यो भने हामीलाई नै यँहाबाट लखेटछन भन्दै सँखुवा पर्सौनीमा गरिएको गाँजा खेतिप्रति उनीहरुले पनि असन्तुष्टि जनाएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप