Advertisement
भिडियो

बारामा खाध स्वच्छता तथा गुणस्तर ब्यवस्थापन प्रणाली सम्बन्धी तालिम सम्पन्न

Advertisement

खाधको स्वच्छता तथा गुणस्तरप्रति थप सजग बनाउन बारामा दुई दिने खाध स्वच्छता तथा गुणस्तर ब्यवस्थापन सम्बन्धी दुईदिने तालिम  सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, विभाग तथा खाध तथा गुणस्तर कार्यालय जनकपुरको संयुक्त आयोजनामा बाराको सिमरामा उक्त तालिम सम्पन्न भएको हो । उपभोक्ताले उपभोग गर्ने खाधको गुणस्तरसङ्गै खाध स्वच्छता ब्यवस्थापन प्रणालिप्रति खाध उधोगि तथा ब्यवसायिसङ्गै उपभोक्तासङ्ग सरोकार राख्ने सरोकारवालालाई सजग बनाउन उक्त तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । दुई दिनसम्म आयोजना गरिएको  तालिममा विभिन्न खाध उधोगमा कार्यरत कर्मचारी, खाध प्राबिधिकसङ्गै होटल ब्यवासायी गरि करिब ३० जनाको सहभागिता रहेको थियो ।
बरिष्ठ खाध अनुसंधान अधिकृत तथा खाध बैज्ञानिक बिमल कुमार दाहालको अध्यक्षता तथा जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछनेको प्रमुख आतिथ्यता र होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष शम्भु खडगिको विशेष आतिथ्यतामा सम्पन्न तालिमका सहभागिलाई तालिम संयोजक खाध निरिक्षण अधिकारी प्रमोद बुढाथोकिले तालिम दिएका छन ।

उपभोक्ताले उपभोग गर्ने खाधको गुणस्तर तथा सुरक्षालाई लक्षित गरि प्रदान गरिएको दुईदिने तालिमको सिकाईलाई उधोगिले उत्पादनमा र उपभोक्ताले दैनिक जिवनमा लागू गर्न आवश्यक भएको तालिमका सहभागी गुल महम्मद अन्सारि तथा रेनुका चौधरीले तालिमको अनुभव सुनाउने क्रममा बताएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप