Advertisement
भिडियो

पर्साको सबैया साझेदारी वन उपभोक्ता समुहले पायो अभिभावक : आजै लिए पद तथा गोपनियताको सपथ

Advertisement

पर्साको सबैया साझेदारी वन उपभोक्ता समुहका निर्वाचित पदाधिकारिहरुको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सबैया सब डिभिजन वन कार्यालय अन्तर्गत सबैया साझेदारी वन उपभोक्ता समुहको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित १६ सदस्यिय कार्यसमितिका पदाधिकारिको आज विशेष कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदको अध्यक्षता तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय शंकर प्रसाद चौधरिको प्रमुख आतिथ्यता र प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जैसवालको विशेष आतिथ्यतामा बिरगन्जको एक होटलमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा समुहका निर्वाचित पदाधिकारिहरुलाई पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदले पद तथा गोपनियताको सपथ गराउनुभयो ।


सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय शंकर प्रसाद चौधरि र प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जैसवालले पद तथा गोपनियताको सपथ लिएका समुहका पदाधिकारिलाई वनको संरक्षणमा लाग्न सुझाव दिनुभयो । उंहाहरुले नेपालकै पहिलो साझेदारी वनको रुपमा रहेको सबैया साझेदारी वनलाई नेपालकै उत्कृष्ठ वन बनाउन कम्मर कसेर लाग्न आग्रह समेत गर्नुभयो ।

नेपालको पहिलो साझेदारी वन उपभोक्ता समुहको रुपमा रहेको सबैया साझेदारी वन उपभोक्ता समूहमा पर्साका विभिन्न पालिकाका ३२ वडाका गरि कुल ३९ हजार ७ सय ७४ घरधुरिका २ लाख ४१ हजार ८ सय ८ सदस्य उपभोक्ताहरु रहेका छन । २०७२/३/१९ दुई बर्षे कार्यकाल अन्तर्गत भएको दोश्रो साधारण सभाबाट निर्वाचित समुहले नियमित रुपमा काम गर्दैआएकोमा वन नियमावली २०७९ ले पुरानो समिती भङ्ग गरि नयां चयन गर्नुपर्ने ब्यवस्था गरेपछि त्यांहा देखिएको आन्तरिक बिबादले साधारण सभा हुन नसक्दा वनको संरक्षण र ब्यवस्थापनसङ्गै काठ दाउराको उत्पादन र बितरण प्रभावित भएको थियो । पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमद तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरिको लगातारको सामुहिक प्रयासले करिब ३ बर्ष ४ महिनापछी साधारण सभा सम्पन्न भएको हो ।

वन समुहको २०८१ सालसम्म सम्मको कार्ययोजना स्वीकृत भएपनी समुह पदाधिकारी विहिन हुंदा करिब २० हजार क्यु फिट काठ बितरण हुन नसकेर स्टकमा बसेको थियो भने उपभोक्ताले काठ दाउरा पाउन सकेका थिएनन । ३ हजार १ सय ८८ दशमलव ५९ हेक्टर वन क्षेत्र भएको उक्त समुहको सम्पन्न साधारण सभाले लखन लाल साह कानुको अध्यक्षतामा १६ सदस्यिय नंया कार्य समिती पाएको हो । यससङ्गै उक्त समुहले ब्यवस्थापन गर्नुपर्ने वनले आफ्नो अभिभावक पाएको छ भने वनको संरक्षण र ब्यवस्थापनसङ्गै उपभोक्ताले काठ दाउरा सहज रुपमा पाउने बाटो खुलेको छ ।
निर्वाचित समुहका पदाधिकारिको आज भएको पद तथा गोपनियताको सपथ ग्रहणसंगै वनको दिगो ब्यवस्थापनका लागि समुहका पदाधिकारिहरुलाई आजै प्रशिक्षण समेत दिइएको छ । डिभिजन वन कार्यालय पर्साको सहयोगमा सुनरस कन्सल्टेन्सी एण्ड ट्रेडर्स प्रा लिले दिगो वन सम्बर्द्धन प्रणाली कार्यान्वयन सुदृढिकरण समबन्धि गोष्ठीको आयोजना गरि वनका बिज्ञ प्रशिक्षकहरुको माध्यमबाट प्रशिक्षण दिएको हो ।


सोही अवसरमा लामो समय वनको सेवा गरि सबैया सब डिभिजन कार्यालयबाट सेवा निबृत हुनुभएका वन अधिकृत जवाहरलाल प्रसाद कुर्मिलाई मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्री माननीय श्री शंकर प्रसाद चौधरी तथा पर्सा वन परिवारको तर्फबाट बिदाई समेत गरिएको छ ।

बिदाई भएर जानुहुने अधिकृत कुर्मिलाई बन मन्त्री र डिभिजनल वन अधिकृत मन्जुर अहमदसङ्गै पर्साका वनका कर्मचारी तथा सबैया साझेदारिका पदाधिकारिहरुले माला अबिर लगाएर बिदाई गरेका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप