सिमरा कलेजको सातौं कलेज सभा सम्पन्न

Advertisement

बाराको जितपुरसिमरा २ स्थित सिमरा कलेजले आफ्नो सातौं कलेज सभा सम्पन्न गरेको छ ।

कलेजका अध्यक्ष अच्युतदेव सिटौलाको अध्यक्षता तथा त्रिभुवन विश्वबिधालय ब्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेको प्रमुख आतिथ्यतामा कलेजले आफ्नै सभा हलमा सातौं कलेज सभा सम्पन्न गरेको हो । सनिबार सम्पन्न सभामा सिमरा कलेजका प्रमुख शम्भु प्रसाद खरेलले कलेजको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

२०६० सालमा ब्यवस्थापन संकायको पठनपाठन गर्ने गरि स्थापना भै २०६४ सालमा शिक्षा संकायको स्वीकृति प्राप्त गरि सन्चालनमा आएको सिमरा कलेजले स्थापनाको २२ औं वर्षमा पाईला टेक्दा व्यवस्थापन र शिक्षा गरि २ वटा संकाय संचालन गरिरहेको उंहाले बताउनुुुयो ।  यस अवधिमा जितपुरसिमरा उपमहानगरको पहिलो र जिल्लाको दोश्रो स्नातकोत्तर सन्चालन गरि एमबिबिएसको २ शैक्षिक ब्याच पूरा गरि ५८ जना विधार्थिलाई उतिर्ण गराईसकेको कुरा समेत उहांले प्रतिबेदन पेेश गर्ने क्रममा बताउनुभयो । पुर्ण समुदायमा आधारित सामुदायिक कलेजको रुपमा रहेको सिमरा कलेजको संचालन र ब्यवस्थापनमा विभिन्न संघसंस्थाको योगदानको उंहाले सराहना गर्नुभयो ।

सातौ कलेज सभालाई सम्बोधन गर्ने क्रममा सहभागी वक्ताहरुले ६५० बिधार्थी अध्ययनरत सिमरा कलेजमा बिधार्थीको भर्ना संख्यामा उल्लेख्य वृद्धि भएको तर भर्ना भएका बिधार्थिलाई कलेजमा रोक्ने वातावरणको निर्माण हुन नसक्दा ड्रप आउट ५० प्रतिशले बढेकोमा दु:ख ब्यक्त गरेका छन । नेपालको शिक्षा नीति र पाठ्यक्रममा समय सापेक्ष सुधार गर्न नसक्दा ड्रप आउटको मात्रा बढेको र प्लस टु सकेका अधिकांश बिधार्थिहरु बिदेश पलायन भएको बताएका छन । त्यसलाई रोक्न नेपालमै पढ्दै कमाउंदै गर्ने शिक्षा नितिमा जोड दिन वक्ताहरुले सुझाव दिएका छन ।

सम्बोधनको क्रममा सभाका प्रमुख अतिथी त्रिभुवन विश्व विधालयका डिन प्रा.डा. महानन्द चालिसेले शिक्षालाई उत्पादन र रोजगारिसङ्ग जोड्न नसक्नुको मुख्य कारण यहांको उच्च शिक्षा नै भएको बताउंदै पछिल्लो समय विश्वविधालयले मागमा आधारित शैक्षिक पाठ्यक्रममा जोड दिएको बताउनुभयो । उंहाले विश्वविधालयमा ब्याप्त फोहोरी राजनितिले सम्पुर्ण शैक्षिक क्षेत्रलाई नै धरापमा पारेको अवस्थाका बिच त्यसको सुधारमा समस्या ल्याएपनी आफुहरु त्यसको  सुधारमा अहोरात्र लागिपरेको बताउनुभयो ।

कलेजले आफ्नो सातौं कलेज सभा सम्पन्न गर्ने क्रममा २०७७ देखि २०८१ ब्याचमा कलेजमा उत्कृष्ट अंक ल्याएर कलेज टप गर्ने बिधार्थीलाई कलेजका तर्फबाट ५५०० र २ नम्बर वडाको तर्फबाट ५५०० गरि ११ हजार नगद र कदरपत्रसहित सम्मान गरेको छ । सोही क्रममा कलेजले प्रकाशन गरेको एकेडमिक जर्नल अफ सिमरा नामक पुस्तकको बिमोचन समेत गरिएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप