निजि क्षेत्रको समस्या समाधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

Advertisement

अर्थमन्त्री स्वर्णिम वाग्लेले उधारो ऐन निर्माण र कार्यान्वयनसङ्गै निजि क्षेत्रको समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को पूर्व–बजेट सम्बन्धी अन्तर्कृया कार्यक्रममा बोल्दै उहांले त्यस्तो बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले आफू सांसद रहँदादेखि नै उधारो कारोबार व्यवस्थापनसम्बन्धी कानुनी आवश्यकताबारे आवाज उठाउँदै आएको उल्लेख गर्दै अब सरकार यस विषयमा पछि नहट्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री वाग्लेले देशको आर्थिक गतिविधिमा देखिएका जटिल ऐन, नियमावली र प्रक्रियाले उद्योगी–व्यवसायीलाई अप्ठ्यारो पारिरहेको स्वीकार गर्दै ती समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताउनुभायो ।

व्यवसायीमाथिको करको बोझ घटाउने, विभिन्न निकायमा हुने अनावश्यक हैरानी अन्त्य गर्ने र सुशासन कायम गर्ने दिशामा सरकार केन्द्रित रहेको उनले दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले मध्यम वर्गका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष सहुलियत दिने गरी तयारी भइरहेको पनि जानकारी समेत गराउनुभयो ।

बिरगन्जमा आयोजित उक्त कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगी–व्यवसायीका समस्याहरू प्रस्तुत गर्दै आगामी बजेटमार्फत ती सबै माग सम्बोधन हुने अपेक्षा व्यक्त गर्नुभयो । संघले अर्थमन्त्री वाग्लेलाई ३० पृष्ठ लामो सुझावपत्र बुझाउँदै दीर्घकालीन २५ वर्षे आर्थिक नीति, उधारो कानुन निर्माण, बारा–पर्सामा सरकारी औद्योगिक क्षेत्र घोषणा, औद्योगिक करिडोर विकास तथा सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि करको दायरा घटाउनुपर्ने माग अघि सारेको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप