Advertisement
भिडियो

वातावरणीय हिंसा न्यूनीकणका लागि बारामा वातावरणिय हिँसा नक्साङ्कन कार्यशाला सम्पन्न

Advertisement

वातावरणीय हिंसा न्यूनीकणका विषयमा आधारभूत बुझाईमा अभिबृद्धि गर्न बाराको कलैयामा वातावरणिय हिँसा नक्साङ्कन कार्यशाला सम्पन्न भएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको आयोजनामा कलैयाको बरेवा दरबार होटलमा स्‌म्पन्न वातावरणीय हिंसा नक्साङ्कन कार्यशालामा प्रसौनी गाउँपालिकका दुई वटा विद्यालयका १५ जना विद्यार्थीहरु सहभागीता रहेको छ ।
कार्यशालामा सहभागी भएका बिधार्थीहरुलाई जलवायु तथा वातावणमा देखिएको परिवर्तनले समाजमा तथा हाम्रो दैनिक जीवनमा कस्तो परेको र त्यसले कस्ता द्वन्दहरु सृजना गरेको छ भन्ने विषयमा सरल तरिकाले वातावरणीय हिंसा न्यूनीकणका विभिन्न विधिहरू सिकेका छन । वातावरणीय हिंसा नक्साङ्कन कार्यशालाको प्रमुख प्रशिक्षक सामाजिक परिवर्तन केन्द्र काठमाडौंका अध्यक्ष पवन राय र रिसर्च अफिसर प्रतिक्षा गिरीले विधार्थीहरुलाई प्रशिक्षण दिएका छन ।
कार्यशालामा सहभागी विद्यार्थीहरुले आफूले सिकेका कुराहरू व्यवहारमा उतार्न कार्ययोजना समेत निर्माण गरेका छन् । त्यसरी निर्माण गरेको कार्ययोजना कार्यशाला पछि आफ्नो विद्यालय तथा समाजमा कार्यान्वयन गर्नेछन् । जसका माध्यमबाट संभावित वातावरणीय द्वन्द कम गर्न मद्दत गर्ने आयोजकले जनाएको छ ।
विद्यार्थी र युवाहरुमा वातावरणीय हिंसा र द्वन्द बारे आधारभूत बुझाइमा वृद्धि हुने तथा उनीहरूले आफ्नो भूमिका बारे प्रष्ट भई संरक्षणमा पहल गर्ने उक्त कार्यशालाको मुख्य उद्देश्य रहेको सामाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले जानकारी गराएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप