Advertisement
भिडियो

विद्यार्थीहरुको नेतृत्वमा सरसफाई अभियान

Advertisement

वाताबरणको सँरक्षणप्रति सहजगता अपनाउँदै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रसौनी वडा नम्बर ४ खुटवाजब्दीका विधार्थीहरुले विद्यालय सरसफाई अभियान शुरू गरेका छन् ।
पर्सौनीस्थित उक्त विधालयको कक्षा ९ र १० मा अध्यनरत विधार्थीहरुको नेतृत्वमा शुरु गरिएको उक्त अभियान साउन २ गते सुक्रबार एक औपचारिक कार्यक्रम गरी सुरुवात गरिएको हो । विद्यालयका प्रधानाध्यापक पवन कुमार सिँहको अध्यक्षता तथा प्रर्सौनी गाउँपालिकाका प्रमुख विनोद पटेल प्रमुख अतिथ्यतामा औपचारिक कार्यक्रम गरि शुरुवात गरिेको उक्त कार्यक्रममा प्रसौनी गापा वडा नं ४ का वडा अध्यक्ष याकूब अंसारी लगायत अन्य समाजसेवी तथा राजनीति पार्टीका नेतागणहरुको उपस्थिति रहेको थियो ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रितम गुप्ताले अभियानको बारेमा प्रकाश पार्दै केही दिनअघि सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजनामा सम्पन्न वातावरणिय हिंसा सम्बन्धी कार्यशालामा त्यस विद्यालयका तर्फबाट आफु लगायत अन्य चारजना साथीहरू सहभागी भएको बताए । जसमा उनीहरुले वातावरणीय चुनौतीहरूको बारेमा जानकारी हासिल गरी त्यसको समाधानको बारेमा बृहत छलफल गरेको बताउँदै अब आफ्नो विद्यालय तथा समाजमा वातावरण संरक्षण गर्न र सरसफाई कायम राख्नका लागि विभिन्न योजनाहरू बनाएको र सोही बमोजिम यो अभियानको सुरुवात गरेको बताए । युसका लागि उनले विद्यार्थी स्वयंले आफ्नो कक्षा तथा विद्यालय वरिपरि सरसफाई कायम राख्न र विधालयबाट निस्कने फोहर डस्टबिनमा राख्ने बानीको विकास गर्नका लागि यो अभियानको सुरुवात गरेको प्रष्ट पारे । उनले यो अभियानमा विधार्थीहरुलाई सहयोग गर्ने सामाजिक परिवर्तन केन्द्रलाई धन्यवाद दिँदै उक्त कार्यक्रमको निमन्त्रणा स्वीकार गरी अभियानमा सहभागी हुनुभएका पर्सौनी गापाका अध्यक्ष, वडाध्यक्ष लगायत सम्पूर्ण शिक्षकवर्ग तथा सहपाठी साथीहरूलाई स्वागतसँगै धन्यवाद व्यक्त गरेका थिए ।


कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी पर्सौनी गाउँपालिकाका अध्यक्ष बिनोद पटेलले विधार्थीहरुद्वरा शुरु गरिएको सफाई अभियान सराहनिय भएको भन्दै सराहना गर्दै गाउँपालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए भने कार्यक्रममा सहभागी वडा अध्यक्ष याकुब अन्सारीले अभियानको सराहना गर्दै विद्यार्थीहरूलाई धन्यवाद दिए । यसै क्रममा सफाई अभियानलाई सार्थक बनाउन समाजिक परिवर्तन केन्द्रले प्रत्येक कक्षामा राख्न मिल्ने सानो आकारको डस्टबिन २० थान, ठूलो आकारको डस्टबिन दुई थान, झाडू १० थान, पाँच सय लिटरको पानी ट्याङ्की एक थानसँगै फोहोर उठाउने १० थान सामग्री विद्यार्थीहरूलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सहयोग स्वरुप हस्तान्तरण गरिएको उक्त सामाग्रीले सफाई अभियानलाई सफल पार्न सहायक सिद्ध हुने सामाजिक परिवर्तन केन्द्रका बारा जिल्ला संयोजक विक्की महतोले जानकारी गराए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप