वातावरण संरक्षण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले श्री बेगा साह माध्यमिक विद्यालय प्रर्सौनीका विधार्थीहरुले जनचेतना कार्यक्रम सम्पन्न गरेका छन ।
श्री बेगा साह माध्यमिक विद्यालय प्रर्सौनीमा अध्ययनरत कक्षा १० का बिधार्थीहरुले घरदैलो कार्यक्रम गरेका हुन् । फेटा गाउँपालिका वार्ड नं १ स्थित भलुही टोलका करिब २० घरधुरीमा पुगेर उनीहरुले घरदैलो कार्यक्रम गरेका छन् । वातावरणमा आएका परिवर्तन तथा यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दैगएको छ । गर्मीयाम शुरु भएसँगै वातावरणमा देखिने अत्यधिक तापमानले मानव जीवनलाई नै प्रभावित बनाउँदै गएको छ । यस्तो अवस्थामा चापाकलमा पानी आउन छोडेको भने भने समयमा वर्षा नहुँदा धेरै किसानहरूको धान खेती अलपत्र परेको छ । असन्तुलित मानविय कर्म र प्राकृतिक श्रोतसाधकको अत्यधिक दोहनका कारण वाताबरण खल्बिलिँदै गएकोले त्यसको असर मानविय जीवनसँगै मानवले गर्ने विभिन्न कार्यक्रमहरूमा परेको छ । यि सबै प्राकृतिक नभएर मानवीय कारणले गर्दा भैरहेको छ । मानिसहरूले रूखबिरुवाहरू कटान गर्दै गएको तथा पानीका मुहानहरूको संरक्षण नगर्दा अहिलेको अवस्था आएकोले त्यसको निवारण र न्युनिकरण गर्नु भनेको प्राकृतिक श्रोतसाधनको सँरक्षण र त्यसको सन्तुलित उपयोग नै हो । त्यसका लागि विद्यार्थीहरूको समूहले घरघरमा गई रूखहरू कटान गर्न रोक्नुपर्ने, वृक्षारोपण गर्नुपर्ने जस्ता विषयहरूमा स्थानियसँग कुराकानी गरेका छन । विधाथीृहरुले सम्पन्न गरेको उक्त घरदैलो कार्यक्रमलाई स्थानियले उत्सकुकतापूर्वक सुन्दै आफुहरु घर अगाडी तथा खाली ठाउँहरुमा बृक्षारोपण गर्ने प्रतिबद्धता गरेको कक्षा १० मा अध्यनरत श्रुति गुप्ताले बताइन् ।
समाजिक परिवर्तन केन्द्र द्वारा प्रदान गरिएको वातावरण संरक्षण सम्बन्धी कार्यशालामा विधार्थीहरुले सिकेका कुराहरूलाई त्याँहाका स्थानियसँग संवाद मार्फत सेयर गरेका छन । उनीहरुले गरेको सम्बाद र सचेतनामुलक कार्यले विद्यार्थी तथा अभिभावक हरूमा वातावरण जोगाउनका लागि उत्प्रेरणा उत्पन्न हुने आशा गरेको कुरा कक्षा १० मा अध्ययनरत अर्की छात्रा निर्माण शाहले बताइन् ।
वाताबरण सम्बन्धी जनचेतनाका लागि घरदैलो कार्यक्रम
