अबको एक महिनाभित्रै पाईपलाईनबाटै पेट्रोल र मट्टितेल आयात गर्ने आयल निगमको तयारी

बारा, पुस ६ गते ।

पाँच वर्षअघि पहिलो पटक पाईपलाईनबाट डिजल आयात गरिरहेको नेपाल आयल निगमले अबको एक महिनाभित्रै भारतबाट पाईपलाईनबाटै पेट्रोल र मट्टितेल पनि आयात गर्ने तयारी गरेको छ ।

दिसम्बर महिनाको अन्तिम हप्तासम्म करिब ९६ प्रतिशत निर्माण कार्य सम्पन्न गरी परिक्षणको क्रममा पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयातको सफल परिक्षण गरिसकेको निगमले आउँदो २०२५ को जनवरीभित्रै पाईपलाईनबाट नियमति रुपमा पेट्रोल र मट्टितेल आयातको तयारीमा जुटेको हो । पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयात गर्न सन् २०२२ देखि दोश्रो चरणको निर्माण कार्य थालनी गरेको निमगले सन् २०२५ को जनवरीदेखि पाईपबाट पेट्रोल र मट्टितेल आयात गर्ने तयारीमा रहेको निगमका अधिकारीहरुले जनाएका छन ।

भारतको रक्सौल र बरौनी डिपोबाट ट्रयाँकरमार्फत ईन्धन आयात गर्दैआएको नेपाल आयल निगमले आयातलाई सहज र मितव्ययी बनाउन पाँच वर्षअघि अर्थात २०७६ भदौ २४ गतेदेखि पहिलो चरणमा पाईपलाईनबाट डिजल आयातको शुरुवात गरेको हो । सोही पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयत गर्ने लक्ष्यका साथ सन् २०२२ देखि दोश्रो चरणको निर्माण थालनी गरेको थियो । सन् २०२३ को दिसम्बरसम्म दोश्रो चरको काम सम्पन्न गरी जनवरी २०२४ देखि पाईपबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तिब्र बनाएपनि निर्धारित समयमा काम सम्पन्न गर्न सकेन । निर्माण कम्पनीले देखाएको ढिलासुस्तीले समयमा काम सम्पन्न नभएपछि त्यसको समय बढाएर मार्चसम्म पुर्याईएको थियो । तर विभिन्न प्राविधिक कारणले थपिएको समयमा पनि लक्ष्य अनुसारको कामका ढिलाई हुँदा पुनः समय बढाएर २०२४ को दिसम्बरसम्मको समय बढाईएको थियो । दिसम्बरको अन्तिम तेश्रो सातासम्म करिब ९६ प्रतिशत कार्य सम्पन्न भईसकेको र केही फुटकर काम बाकि रहेपनि पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयतको सफल परिक्षण समेत भैसकेकोले अबको एक हप्ताभित्रै बाकि काम सम्प्पन गरी पाईपलाईनबाट नियमित रुपमा पेट्रोल र मट्टितेलको आयात हुने निगमका उपप्रबन्धक जवाहर कुमार यादबले जनाए । “हामी सन् २०२५ को जनवरीभित्रै पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयात गर्ने गरी ठेकेदार कम्पनिलाई काम सम्पन्न गर्न कडाई गरिरहेका छौ ।” उँहाले बताउनुभयो । प्राविधिक ढिलाईले तोकिएको समयभन्दा झण्डै एक वर्षभन्दा बढी समय ढिलाई भएपनि अब छिट्टै निर्माण् कार्य सम्पन्न भएर निगम नियमित रुपमा पेट्रोल र मट्टितेलको आयात गर्न लागिपरेको कुरा समेत उँहाले बताउनुभयो ।

सन २०२२ देखि काम शुरु गरी २०२४ को जनवरीदेखि नै पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयत गर्ने लक्ष्य लिएको नेपाल आयल निगमको दोश्रो चरणको पाईपलाईन निर्माण काममा भएको ढिलाईले मार्चसम्मको म्याद बढाईएको थियो । सन् २०२४ को मार्चसम्म पेट्रोलियम पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयात गर्ने नेपाल आयल निगमको लक्ष्य प्राविधिक कारणले दिसम्बरसम्म लम्बिएको थियो । परिक्षणको क्रममा करीब पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र एक हजार किलो लिटर मट्टितेल आयात समेत गरिसकेको छ ।

कुल दुई अर्ब ७५ करोड भारतीय रुपैंयाँलागतमा निर्माण भैहरेको यो परियोजनामा भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपंैयाँ लगानी गर्नुपर्ने र पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्थापन नेपाल आयल निगमले गर्नुपर्ने सम्झौता भएको थियो ।मोतिहारी–अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइनको नामले परिचित यो परियोजना अन्तर्गत दोश्रो चरणको काम अहिले भइरहेको हो । अमलेगन्जस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोभित्र चार हजार एक सय किलोलिटरको दुई वटा ट्यांक, दुई सय ५० किलोलिटरको दुईवटा ट्रान्समिक्स ट्यांकसँगै २४ वटा अटो लोडिङवे, पम्प हाउस, अत्याधुनिक प्रयोगशाला, फायर फाइटिङ सिस्टम, आयल वाटर सेपेरेटर, र पिएमसिसि रुमहरुको निर्माण गर्ने योजना अनुरुप धमाधम काम भइरहेको छ ।

Leave a Comment