बरौनीबाट अमलेखगञ्जसम्म नियमित रुपमा पेट्रोलियम ढुवानी गर्दैआएका पेट्रोलियम ढुवानी व्यवसायीहरु अहिले आन्दोलित भएका छन ।
निजी ढुवानी ट्याँकर र ट्रकको व्यवस्थापन गर । बरौनी–अमलेखगञ्ज रुटको एक सय ४ वटा ट्याँकरको व्यवस्थापन गर । एक ट्याँकर एक व्यवसायी करार सम्झौता कायम गर । र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर जस्ता आफ्ना चार सुत्रिय माग राख्दै पेट्रोलिय ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । बाराको अमलेखगञ्जमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आफ्नो आन्दोलनको विषयमा जानकारी गराएका हुन् ।
पेट्रोलिय पाईपलाईन परियोजना अन्तर्गत दोश्रो चरणको काम सम्पन्न गरी यही जनवरीबाट पाईपलाईनबाट पेट्रोल र मटितेल आयात गर्ने तयारी निगमले गरेसँगै पेट्रोलिय ढुवानी व्यवसायीहरु आन्दोलित भएका हुन् । एक सय ४ वटा टयाँकरहरुको माध्यमबाट नेपाल आयल नियमले अहिलेसम्म भारतको बरौनीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पेट्रोल र मटितेल ढुवानी गराउँदैआएको छ । तर सन् २०२५ को जनवरीबाट पाईपलाईनबाट मटितेल र पेट्रोल आयातको तयारी गरेको नेपाल आयल निगमले ट्याँकर व्यवसायीलाई पर्ने मार्काप्रति बेवास्ता गर्दैआएकोले आन्दोलनमा उत्रन बाध्य भएको व्यवसायीहरुले जनाएका छन । व्यवसायीहरुको एक सय ४ वटा ट्याँकरलाई अन्य रुटमा व्यवस्थापन नगरे आफुहरुको लगानी प्रभावित हुनुका साथै ट्याँकर चलाउने चालक र सहचालकहरुको रोजगारी नै गुम्ने अवस्था सृजना भएकोले पहिला ट्याँकरको व्यवस्थापन गरी मात्र पाईपबाट पेट्रोल र मटितेल आयात गर्न उनीहरुले आयल निगमसँग माग गरेका छन ।
त्यस्तै आफ्नो पम्पका लागि मात्र पेट्रोलिम ढुवानीको अनुमति पाएका निजी ढुवानीका ट्याँकरलाई पनि निगमले अन्य पार्टिको ईन्धन ढुवानीमा प्रयोग गरी परिचालन गरेकोप्रति व्यवसायीहरुले आपत्ति जनाउँदै त्यसको उचित व्यवस्थापनको माग गरेका हुन ।
२०७३ सालअघि एक ट्याँकर एक धनी मानेर करार सम्झौता गरेर ढुवानीमा आबद्ध गराउँदैआएको निगमले २०७३ सालदेखि पाँच ट्याँकर बराबर एक करार सम्झौता गर्दा आफुहरु मारमा परेकोले त्यसको खारेजीको माग गरेका छन ।
त्यस्तै बरौनी रिफाईनरीदेखि अमलेखगञ्ज डिपोसम्म ईन्धन आयात गर्दा तापक्रम वापत हुने लसमा २० किलोलिटरको प्रति ट्याँकरमा निगमले ५० लिटरसम्मको तापक्रम लस दिँदैआएको थियो । तर केही ट्याँकरका चालकले त्यसको फाईदा उठाउँदै तोकेको लसको र त्योभन्दा बढी ईन्धन बाटोमा चोरी गर्नथालेपछि निगमले ५० लिटरको सिमा क्रस गरेको ट्याँकरमा दोब्बर जरिवाना गर्दैआएकोले त्यसले चालकहरु मारमा परेको भन्दै त्यसको समेत खारेजीको माग राखेका हुन् ।
सरकारले व्यवसायीहरुको मागप्रति बेवास्ता गर्दैआएकोले आज हातमा कालो पटि बाँधेर ढुवानीलाई निरन्तरता दिएको बताउँदै पहिलो चरणको आन्दोलन स्वरुप आईतबार एक दिन ढुवानी ठप्प पार्ने पेट्रोलिम ढुवानी व्यवसायी सँघका अध्यक्ष सुदामा साहले जनाएका छन ।