काठमाडौं,साउन २५-
साविक विजेता उत्तर कोरियासँग ११-० को फराकिलो हार व्यहोरेपछि नेपाल एएफसी महिला यू–२० च्याम्पियनसिप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको हो ।
उत्तर कोरिया ३ खेलमा ९ अंक जोड्दै समूह विजेता बनी एसियन कपमा छनोट भयो । उसले साउदी अरबलाई १५–० र भुटानलाई १०–० ले हराएको थियो । नेपालले भने ३ खेलबाट ४ अंक मात्र बटुल्यो । नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरबमाथि १–० को कठिन जित हात पारेको थियो ।