बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सवको तयारी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १८ बडहर्वामा मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव आयोजना हुने भएको छ ।

पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने मुल नाराका साथ महोत्सव यही पुष २५ गतेदेखि माघ ७ गतेसम्म आयोजना हुन लागेको हो । श्री मौवादेवी युवा क्लबले आयोजना गर्न लागेको उक्त महोत्सवको सम्बन्धमा आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । श्री मौवादेवी युवा क्लबको आयोजना तथा लालिगुराँस क्रिएसन मिडिया नेपालको व्यवस्थापनमा पहिलो पटक बडहर्वामा यस्तो महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवले बडहर्वालाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकुदको प्रवद्र्धन गर्ने अपेक्षा आफूहरुले राखेको मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल यादवले बताएका छन ।

स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ १२ दिनसम्म आयोजना हुने उक्त महोत्सवमा महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय स्तरमा नाम चलेका कलाकारको उपस्थिती रहने आयोजकले जनाएको छ । मौवादेवी क्लबको खेल मैदानमा आयोजना हुने महोत्सवमा स्थानीय स्तरका व्यापार, व्यवसाय, कृषि, उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवद्र्धन गर्न करिब १०० वटा स्टल राखिने भएको छ । महोत्सवमा बालबालिकाका लागि बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने आयोजकले सुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

करीब ३५ देखि ४० लाख रुपैयाको लागतमा आयोजना हुने महोत्सवको सम्पूर्ण आर्थिक व्यवस्थापन क्रेयचन मिडिया नेपालले गर्नेछ । क्रेयचनले मौवादेवी युवा क्लबलाई आर्थिक रुपमा सहयोग समेत गर्नेछ भने मौवादेवी खेल मैदान मर्मत र स्तरोन्नतिका कार्य समेत गर्ने जनाएको छ । महोत्वसमा आउनेसँग टिक वापतको कति शुल्क लिने सम्बन्धमा आयोजकले पछि जानकारी गराउने बताएको छ । महोत्सवकै क्रममा स्थानीय कृषि बालीलाई प्रबद्र्धन गर्न बजार लगाउने तयारी समेत गरिएको आयोजकले जनाएको छ । तत्कालका लागि बडहर्वा चोकमा बजारको सुरुवात गरिने र त्यसलाई व्यवस्थित गर्दै लैजाने सेतीदेवी टोल विकास समितिका अध्यक्ष बिमल राज भारतीले जनाएका छन ।

 

Leave a Comment