ट्याकँर व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रेका पेट्रोलियम ढुवानी व्यवसायीहरुको आन्दोलन हाललाई स्थगित गरिएको छ ।
अलेखगञ्ज पेट्रोलिय ढुवानी सँघ, नेपाल पेट्रोलियम ट्याँकर चालक सँघ अमलेखञ्ज इकाई र नेपाल यातायात सँयुक्त मजदुर सँगठन इकाई अमलेखगञ्जको आज बसेको सँयुक्त बैठकले आन्दोलन हालका लागि स्थगित गरेको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जले हिँजो पुस १२ गते पत्र पठाएर पेट्रोलियम पदार्थको आपुर्ति प्रणालीलाई असर पर्ने गरी कुनै प्रकारको गतिबिधि नगर्न र आन्दोलन स्थगन गर्न अनुरोध गरेपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
पाईपलाइनबाट पेट्रोल र मटितेल आयात गर्दा व्यवसायीहरुको एक सय ४ वटा ट्याँकर बिस्थापित हुने सम्बन्धमा त्यसको व्यवस्थापनका लागि निगम क्रियाशिल रहेको र त्यसका लागि एउटा छुट्टै कमिटि समेत गठन भईसकेको बताउँदै निगमले आन्दोलन स्थगित गर्न पत्र मार्फत व्यवसायीसँग अनुरोध गरेको हो । बिस्थापित हुने भनिएको ट्याँकरहरुको व्यवस्थापनका लागि निगम बजार व्यवस्थाका कार्यकारी निर्देशकको सँयोजकत्वमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासँघका अध्यक्ष सहितको एक उपसमिति गठन भई विभिन्न चरणमा छलफल भईरहेको र सरोकारवालासँग उक्त ट्याँकर व्यवस्थापनका लागि स्पष्ट खाका सहितको सुझाव पेश गर्न जानकारी गराईएकोले छिट्टै समस्या समाधान हुने निगमले व्यवसायीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । निगमले पत्र पठाएर आन्दोलन स्थगित गर्न अनुरोध गरेकोले हालको लागि आन्दोलन स्थगित गरिएको तर समस्याको चित्त बुझ्दो समाधान नपाए पुष २४ गतेदेखि अनिश्चितकालिन आन्दोलनमा जाने भन्दै व्यवसायीले सँयुक्त रुपमा निगमलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
भारतको बरौनीबाट अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक डियोसम्म नियमित रुपमा पेट्रोलियम ढुवानी गर्दैआएका पेट्रोलियम ढुवानी व्यवसायीहरु सुक्रबारदेखि सँयुक्त रुपमा आन्दोलनमा उत्रेका थिए । पेट्रोलियम पाईपलाईन परियोजना अन्तर्गत दोश्रो चरणको काम सम्पन्न गरी यही जनवरीबाट पाईपलाईनबाट पेट्रोल र मटितेल आयात गर्ने निगमले तयारी गरेसँगै आफुहरुको एक सय ४ वटा ट्याँकर बिस्थापित हुने भन्दै त्यसको व्यवस्थापन लगायतका ४ वटा मागहरु राख्दै व्यवसायीहरु आन्दोलित भएका थिए ।
निजी ढुवानी ट्याँकर र ट्रकको व्यवस्थापन गर । बरौनी–अमलेखगञ्ज रुटको एक सय ४ वटा ट्याँकरको व्यवस्थापन गर । एक ट्याँकर एक व्यवसायी करार सम्झौता कायम गर । र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर जस्ता आफ्ना चार सुत्रिय माग राख्दै पेट्रोलिय ढुवानी व्यवसायीहरुले बाराको अमलेखगञ्जमा पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलनको विषयमा जानकारी गराएका थिए ।