श्री जनता माध्यमिक बिधालय रजघटा, कृषि प्राविधिक शिक्षालयले विविध कार्यक्रम गरी आफ्नो ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न गरेको छ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघटास्थित उक्त माध्यमिक बिधालय तथा प्राविधिक शिक्षालयले पुष १७ गते विशेष समारोहको आयोजना गरी ३९ औँ बार्षिक उत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव तथा अभिभावक दिवस बिधालयले शैक्षिक तथा साँस्कृतिक कार्यक्रमसँगै अन्य विविधि कार्यक्रम गरी सम्पन्न गरेको हो ।
मधेश प्रदेश सभाका सदस्य माननिय देवनारायण चौधरीसँगै जिल्ला तथा नगरका अन्य विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यतामा विशेष समारोहको आयोजना गरी विधालयले सम्पन्न गरेको बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खेलकुद तथा साँस्कृतिक कार्यक्रम जस्ता विभिन्न विधामा सहभागिता जनाई उत्कृष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार तथा सम्मान बितरण गरेको छ । कार्यक्रममा हाल शिक्षक सेवा आयोगबाट बाग्मति प्रदेश निमावि सामाजिक विषयमा सिफारिस भएका सोही विधालयका पूर्व विधार्थी सुजित केशरीलाई समेत कदरपत्रबाट सम्मान गरेको छ । त्यस्तै आजको विशेष समारोहमा गित गाउने प्रतिष्पर्धामा सहभागि बिधालयका तिन प्रतिष्पर्धि छात्रछात्रालाई जनता आईडल भोटिगँ मार्फत छनौट विजयी घोषणा तथा पुरस्कार बितरण गरेको छ ।
यस वर्षका लागि उत्कृष्ट अभिभावकको रुपमा विधालयले रमेश प्रसाद यादवलाई सम्मान गरेको छ भने मावि शिक्षकमा सिफारिस भई जानुहुने गिता थपलिया र कर्णाली प्रदेश लोक सेवामार्फत कृषि अधिकृतमा सिफारिस भई हाल सिञ्जा गाउँपालिका जुम्लामा कार्यरत कृषि अधिकृत अनिस पौडेल तथा उच्च शिक्षा अध्ययनका लागि जानुभएका आशिष दाहाललाई बिदाई समेत गरेको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवस विशेष समारोह विधालयका विधार्थी, शिक्षक र अभिभावकसँगै जिल्ला तथा नगरका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न भएको हो ।