Advertisement
भिडियो

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मार्फत बृहद रक्तदान कार्यक्रमको आयोजना हुनेः जीवन रक्षाका लागि रक्तदान गर्न आव्हान

Advertisement

ब्रह्माकुमारी राजयोज सेवा केन्द्र सिमरा बाराको आयोजनामा यही भाद्र ६ गते शुक्रबार बृहद रक्तदान कार्यक्रमको आयोजना हुनेभएको छ ।

विश्व एकता तथा भ्रातृत्वका लागि रक्तदान भन्ने नाराका साथ ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र सिमराले रक्तदान कार्यक्रमको आयोजना गर्नलागेको हो । सिमरास्थित ब्रह्माकुमारी रोजयोजको सेवाकेन्द्रमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उक्त रक्तदान कार्यक्रमबारे जानकारी गराएको हो । ब्रह्माकुमारी राजयोगिनी दादी प्रकाशमणी ज्यूको १८ औँ पूण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा भारत तथा नेपालस्थित ब्रह्माकुमारीको मुख्य सेवाकेन्द्रहरुमा आयोजना हुनलागेको रक्तदान कार्यक्रम अन्तर्गत भाद्र ६ गते शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सिमरास्थित सेवाकेन्द्रमा रक्तदानको आयोजना गर्न लागिएको सेवाकेन्द्रकी सन्चालिका ब्रह्माकुमारी मधु दिदीले बताउनुभयो । उक्त अवसरमा मानव जीवन रक्षाका लागि सेवाकेन्द्रले सबै रक्तदाताहरुमा रक्तदान गर्न आव्हान गरेको छ । अध्यात्मिक सेवा मार्फत सभ्य, शान्त र सुसँस्कृत समाज निर्माणको कार्य गदैआएको ब्रह्माकुमारीजले अध्यात्मिक सेवासँगै दुब्र्यसनमुक्त र दुब्र्यवहारमुक्त समाज निर्माणका लागि समेत विभिन्न कार्यक्रम तथा गतिविधिहरु सन्चालन गर्दैआएको छ । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रको समाज सेवा प्रभागको आयोजनामा नेपाल तथा भारतस्थित विभिन्न स्थानिय सेवाकेन्द्रहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको वीरगञ्जस्थित सेवाकेन्द्रबाट आउनुभएका ब्रह्माकुमार छोटेलाल भाईले जानकारी गराएका छन । ब्रह्माकुमारीजको मेगा रक्तदान अभियान अन्तर्गत देशैभरी एकैसाथ आयोजना गरिने रक्तदान कार्यक्रमले ठुलो सँख्यामा रक्तदाताहरुले रक्तदान गर्ने अपेक्षा गरिएको छ । हाल मुलुकमा रहेका कुल स्वस्थ्य रक्तदातामध्ये २० प्रतिशतले मात्र रक्तदान गर्दैआएको छ । रक्तदान सम्बन्धी चेतना अभावका कारण रक्तदान गर्नेको सँख्या कम हुनु र रगतको सेवा लिनेको सँख्या बढी हुनुले रगतको अभावमा बर्षेनी धेरैले ज्यान गुमाउनुपरेको बर्तमान अवस्थामा ब्रह्माकुमारीजले आयोजना गर्ने रक्तदान कार्यक्रमले रक्तदान सम्बन्धी चेतनाको विकास हुनुका साथै ठुलो मात्रामा रगत सँकलन भई रगतको अभाव पुर्ति गर्ने आशा गरिएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप