Advertisement
भिडियो

जनज्योति बचत तथा ऋण सहकारी सँस्थाको १५ औँ साधारण सभा सम्पन्न

Advertisement

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले आफ्नो १५ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
जनज्योति बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष भिम बहादुर के.सी. को अध्यक्षता तथा नेफ्स्कुनका लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्द्रराजज्योति पौडेलको प्रमुख आतिथ्यतामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित जनकल्याण मञ्चको सभाहलमा १५ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । बारा जिल्ला बचत तथा ऋण सहकारी सँघ लिमिटेडका अध्यक्ष सत्येन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने र १४ की अध्यक्षा चैन गुरुगँको विशिष्ठ आतिथ्यतामा सम्पन्न १५ औ साधारण सभामा बारा जिल्ला बचत तथा ऋण सहकारी सँघका बरिष्ठ उपाध्यक्ष राजु प्रसाद अधिकारी, राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख चन्दमणी भट्टराई लगायत विभिन्न सँघसँस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


बार्षिक साधारण सभामा सँस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै सँस्थाका अध्यक्ष भिम बहादुर के.सी.ले सँस्था शुरुवात गर्दाको अवस्थादेखि सँस्थाको १५ औँ बार्षिक साधारण सभा सम्पन्न गर्दासम्म सँस्थाले पार गरेको आरोह अवरोहका बिषयमा जानकारी गराउनुभयो । २०५० सालमा जनचेतना कल्याण कोष स्थापना गरेको र फिर्ता नलिने गरी कोषमा जम्मा गरेको १ सय ५ रुपैया र २०५७ सालमा २० रुपैया मासिक बचत गर्ने निर्णय गरी शुरुवात गरेको बचत कोषमा ९ जना आजीवन सदस्य र ५७ जना साधारण सदस्यको एक लाख १४ हजार ६ सय ३२ रुपैया रकम जम्मा भएको थियो । २०६२ सालमा सम्पन्न साधारण सभाद्वारा विधिवत रुपमा सहकारी दर्ता गर्ने प्रस्ताव पारित भएको जानकारी गराउंदै १५ औँ साधारण सभा सम्पन्न गर्दा सँस्थाको सदस्य सँख्या एक हजार १६ पुगेको र करिब ७ करोड बराबरको बार्षिक कारोबार गर्न सफल भएको बताउनुभयो ।
१५ औँ बार्षिक साधारण सभामा सँस्थाको कार्य प्रगति तथा आर्थिक बर्ष २०८२÷८३ को प्रस्तावित कार्यजोना प्रस्तुत गदै सँस्थाका व्यवस्थापक गिता कँडेल सापकोटाले गत बिगतको तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा कोषको रकम बढेको बताउँदै सँस्थाले कुल एक करोड चार लाख ८६ हजार चार सय ११ रुपैया आम्दानी गरेकोमा त्यसबाट ७१ लाख ९६ हजार तिन सय ४८ रुपैया खर्च र बाकि रहेको नाफामा कर कटाई २७ लाख ६८ हजार पाँच सय ७७ रुपैया खुद नाफा गरेको बताउनुभयो ।
सँस्थाले पेश गरेको बार्षिक लोखा परिक्षण प्रतिवेदनले खुद नाफा बढेको देखाएपनि व्यालेन्स सिट नबढेको र त्यसको मुख्य कारण खराब कर्जा भएको बताउँदै जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष सत्येन्द्र ठाकुरले सँस्थालाई माया गर्ने र सँस्थालाई जीवन्त राख्न चाहने शेयर सदस्यहरुले आफुले खाएको ऋण समयमै चुक्ता गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले पछिल्लो समय मुलुककै सहकारी सँस्थाहरुमा खराब कर्जा बढदैगएको र सन्चालक समितिका पदाधिकारीहरु त्रासमा बाँच्नुपरेको बाध्यताका बिच सरकारले चार तहको नियमनको नाममा असल सन्चालकहरुलाई पनि दुख दिएको गुनासो गर्नुभयो । उँहाले नियमनको नाममा सहकारीलाई त्रासमा नराख्न सरकारसँग आग्रह गर्नुभयो ।
नेफ्स्कुनका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा १५ औँ बार्षिक साधारण सभाका प्रमुख अतिथि ईन्द्रराजज्योति पौडेलले बदनियपूर्ण मनसाय राखेर सहकारी खोल्ने र बचतकर्ताहरुको रकममा रजाई गर्ने केही सहकारीका सन्चालकका कारण सम्पूर्ण सहकारी बदनाम भएको बताउँदै ग्रामीण भेगका सहकारीमा आबद्ध शेयर सदस्यहरुले गरेको नियमित बचतको रकमको सँरक्षण गर्दै त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहकारीहरु अहिले पनि राम्रो अवस्थामा रहेको बताउनुभयो । उँहाले सहकारीका सदस्य र कर्मचारीहरु कृष्ण वा कर्ण जस्तै र सन्चालकहरु युधिष्ठिर जस्तै भए मात्र सहकारी नाफामा जाने र सहकारीका सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले भुमिका खेल्नसक्ने बताउनुभयो ।
आईतबार सम्पन्न जनज्योतिको १५ औँ बार्षिक साधारणलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष चैन गुरुगँले ग्रामिण भेगमा खुलेका सहकारीहरुले साना साना बचतकर्ताको रकम बचत गरी उनीहरुलाई सहज रुपमा ऋण प्रवाह गर्दा सानोतिनो पुँजीको जोहो गर्न बैँक धाउनुपर्ने बाध्यताको अन्त भएको बताउनुभयो । त्यस्तै वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछानेले बचत तथा ऋण सहकारी सँस्थाहरुले राम्रो काम गरेपनि एउटै वडामा धेरै सहकारी सँस्था सन्चालनमा आउँदा त्यसले सँस्थागत खर्च बढाएकोले सहकारी मर्ज गर्नुपर्नेमा जोड दिनुभयो । १५ औँ बार्षिक साधारण सभाको कुशल सञ्चालन सँस्थाका सचिव यज्ञ प्रसाद तिवारीले गर्नुभएको थियो ।

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप