Advertisement
भिडियो

बाघको आक्रमणबाट बारामा फेरी एक जनाको ज्यान गयो ः अनधिकृत रुपमा वन क्षेत्रमा प्रवेश नगर्न डिभिजन वन कार्यालय बाराको अनुरोध

Advertisement

बाघको आक्रमणबाट बारामा एक जना वृद्धको ज्यान गएको छ ।
बाघको आक्रमणमा परि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । आईतबार बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणमा परी लामाको मृत्यु भएको घटना घाँस काट्न गएका स्थानियले देखेका थिए । स्थानियले प्रहरीलाई खबर गरेपछि लामाको खोजी गर्दै प्रहरी घटनास्थल पुगेको थियो । लामाको शव पोस्टमार्टमका लागि आईतबार नै प्रादेशिक अस्पताल कलैया पठाइएको ईप्रका सिमराले जनाएको छ । यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यसैबिच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २२ र ४ को वन क्षेत्रमा केही समयदेखि बाघको आक्रमणबाट केही व्यक्तिको मृत्य भएको घटनाप्रति दुःख व्यक्त गर्दै डिभिजन वन कार्यालय बाराले नरभक्षी बाघ नियन्त्रणको प्रयास जारी रहेको जनाएको छ । यसबिच फेरी पनि बाघको आक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै भाद्र २२ गते आईतबार नै सरोकारवालाको बैठक बसेर निर्णय गर्दै वन ऐन २०७६ को दफा ९ बमोजिम राष्ट्रिय वन, साझेदारी वन र सामुदायिक वन क्षेत्रभित्र आवात जावतमा प्रवेश निषेध गरेको छ । कोही कसैले यो निर्णय बमोजिम जारी भएको सुचनाको अटेर गरेमा कानुन बमोजिम कारवाही हुने र वन्यजन्तुको आक्रमणबाट कोही कसैको क्षति भएमा त्यसको जिम्मेवार व्यक्ति स्वयम हुने कुरा समेत डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले सार्वजनिक सुचना मार्फत जानकारी गराउनुभएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप