जीतपुरसिमराका वडा नम्बर ४ स्थित औराहामा माघी महोत्सव २०८१ आयोजना हुने

माघी पर्वको अवसर पारेर बाराका थारु समुदायको आयोजनामा बाराको जीतपुरसिमराका वडा नम्बर ४ स्थित औराहामा माघी महोत्सव २०८१ आयोजना हुनेभएको छ ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, जीतपुरसिमरा नगर कार्य समिति र जीतपुरसिमरा वडा नम्बर ४ औराहाको वडा कार्यसमितिको सँयुक्त आयोजनामा महोत्सव आयोजना गर्न थालिएको हो । थारु समुदायले धुमधामका साथ मनाउने माघी पर्वको अवसर पारेर पुष २९ गतेदेखि माघ २ गतेसम्म तिन दिन माघी महोत्सव आयोजना हुनेछ । औराहास्थित प्लटिगँको खुल्ला चौरमा आयोजना हुने माघी महोत्सवको सम्बन्धमा आज आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवको पहिलो दिन अर्थात पुष २९ गते स्थानिय थारु सँस्कृतिको झलक दिने विभिन्न किसिमको झाँकि तथा साँस्कृतिक कार्यक्रम गरी महोत्सवको उद्घाटन गरिनेछ भने दोश्रो दिन माघ १ गते अथाृत माघे सँक्रान्तिका दिन थारु समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम आयोजना हुनेछ । तेश्रो दिन अर्थात माघ २ गते थारु समुदायको राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति सहित कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ । थारु समुदायको भाषा, सँस्कृति, लवाईखवाई, परिहनसँगै अन्य विविधि पक्षहरुलाई उजागर गर्न आयोजना गरिने माघी महोत्सवमा थारु समुदायका महिला र पुरुषहरु आफ्नै समुदायले लगाउने परम्परागत पहिरनमा महोत्सवमा सहभागी हुनेछन । महोत्सवमा खेल तमासासँगै थारु समुदायले खाने स्थानिय खानाका परिकारहरुको स्टल राखिनेछ । महोत्सवमा थारु सँस्कृतिको झलक दिने झाँकिहरुको बजोड प्रस्तुति रहने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का स्थानिय नेता भागवत प्रसाद चौधरीले जानकारी दिएका छन ।

Leave a Comment