Advertisement
भिडियो

मानव बस्तिलाई आतंकित बनाउँदै आएको बाघ नियन्त्रणमा

Advertisement

बाराको जीतपुरसिमरा उपमहानगरका विभिन्न वडामा बिगत केही सातादेखि मानव बस्तिलाई आतंकित बनाउँदै आएको बाघ नियन्त्रणमा आएको छ ।
निकै लामो समयको प्रयासपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मझौनाबाट उक्त बाघलाई नियन्त्रणमा लिईएको हो । राष्ट्रिय प्रकृति सँरक्षण कोष, पर्सा राष्ट्रिय निकुञ्ज, निकुञ्जस्थित जेड एस एलको टोलीसँगै डिभिजन वन कार्यालय बाराले गरेको निरन्तरको प्रयासबाट सुक्रबार बिहान ८ बजे करिब १३ बर्ष उमेरको उक्त बाघलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा परेको उक्त बुढो बाघ भाले बाघ भएको र उसको टाउको तथा शरिरको विभिन्न ठाउँमा घाउ तथा चोटपटक लागेको देखिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख सँरक्षण अधिकृत रामचन्द्र खतिवडाले जनाउनुभएको छ । बुढो भएर शिकार खेल्न नसकेपछि आहाराका लागि उक्त बाघ राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रसँग जोडिएको बस्तिका मानिस तथा घर पालुवाको शिकार गर्दैआएको थियो । पछिल्लो समय भदौ २२ गते बाघको आक्रमणमा परी जीतपुरसिमरा वडा नम्बर ४ का ६० बर्षिय छेवागँ लामाको ज्यान गएको थियो भने त्यसअघि जीतपुरसिमरा वडा नम्बर २१ मा बाघको आक्रमणमा परी चन्द्र बहादुर ब्लोनको ज्यान गएको थियो । बाघले बस्तिका स्थानियलाई आक्रमण गरी ज्यान लिनथालेपछि उक्त नरभक्षी बाघलाई नियन्त्रण गर्न स्थानिय स्तरबाट निकुञ्ज र वन कार्यालयमा चर्को दबाव बढेको थियो । निकुञ्जले क्यामेरा ट्रयाप गरी आफ्नो तहबाट नियन्त्रणको प्रयास गरेपनि बाघ नियन्त्रणमा आएको थिएन । नरभक्षी बाघ नियन्त्रण गर्न प्रभावित वडाका वडा अध्यक्षहरु समेत लागेका थिए । बाघ नियन्त्रणको प्रयास भईरहेकोले उक्त अवधिभित्र वनक्षेत्रमा प्रवेश निषेध गरिएको थियो भने वनक्षेत्रमा प्रवेश नगर्न वडा कार्यालयहरुले सार्वजनिक रुपमै प्रचारप्रसार गर्दैआएका थिए । केही दिनदेखि निकुञ्ज र वनक्षेत्रमा पाडो बाँधेर बाघ पर्खिने क्रमले निरन्तरता पाएको थियो । सोही क्रममा आज सुक्रबार उक्त बाघ पाडो खाईरहेकै बेला वडा नम्बर २१ को मझौनाबाट नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय बाराका डिभिजन वन अधिकृत राजिव झाले बताउनुभयो । नियन्त्रणमा लिईएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जस्थित खोरमा राखिएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप