Advertisement
भिडियो

दशैं मेलामा भएको झडपमा एक युवकको ज्यान गयो : तीन जना नियन्त्रणमा

Advertisement

बिरगन्जमा लागेको दशै मेलामा मंगलबार राति दुई पक्षबिच झडप हुंदा एक जना युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरी स्थायी घर भई पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा डेरा गरि बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) रहेको प्रहरिले जनाएको छ । बुबा हिन्दु र आमा मुस्लिम भएको शिवम ई–रिक्सा चालक हुन् ।
माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति करिब १२ बजे युवाहरुको दुई समुहबीच विवाद भई कुटाकुट हुदाँ उनी घाइते भएका थिए । उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । मृतकको शव भने पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप