पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा शुक्रबार बिहान एक युवक मृत फेला परेका छन्।
छिपगरमाई गाउंपालिका वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिममा रहेको झलमहिया र भिस्वा जोड्ने सडकको पुलमुनी खसेको अवस्थामा भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा फेला परेका हुन् । वी आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसँगै पुलमुनी पानीमा मृत भेटिएका ती युवकको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताएका छन । घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ
पर्सामा युवक मृत भेटिए : मृत्युको कारण दुर्घटना हुनसक्ने प्रहरिको अनुमान
