हेटौंडा-काठमाडौं जोड्ने दुई महत्त्वपूर्ण सडकमा आजदेखि तीन दिनसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाईएको छ ।
सम्भावित भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विपदका कारणबाट हुनसक्ने जनधनको क्षति कम गर्न असोज २० गतेसम्मका लागि रात्रीकालिन यातायात पूर्ण रूपमा बन्द गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जनाएका छन । प्रजिअ श्रेष्ठका अनुसार बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म कान्तिलोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ र बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म हेटौंडाबाट भैंसे हुँदै, काठमाडौं तर्फ जाने सवारी साधनलाई रोक लगाइएको हो।