Advertisement
भिडियो

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Advertisement

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले ७८ लाख रुपैयाँ बिगो मागदाबी सहित उनीहरुबिरुद्ध मुद्दा दायर गरेको छ । लिची बगानको जग्गा हिनामिना गर्ने योजना अन्तर्गत भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि मुद्दा अघि बढेको हो ।
कास्कीको पोखरा बाटुलेचौरस्थित लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्न तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाले गरेको काण्डको अडियो सार्वजनिक भएको थियो । घूस डिलको अडियो सार्वजनिक भएर अख्तियारले छानबिन शुरु गरेपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप