Advertisement
भिडियो

अस्पतालको लापरवाहिका कारण गर्भवती महिलाको ज्यान गएको पिडितको आरोप

Advertisement

बिरगन्जस्थित साउथ सिटी हिमाल अस्पतालको लापरवाहिका कारण गर्भवती महिलाको ज्यान गएको आफन्तले आरोप लगाएका छन ।
प्रसुती पिडासहित बुधबार बिहान ४ बजे उक्त अस्पतालमा भर्ना भएकी रौतहट जिल्लाकी गर्भवती महिला रुबि खातुनको उपचारको क्रममा मृत्यु भएको हो । उपचारमा अस्पतालले गरेको लापरवाहिका कारण महिलाको ज्यान गएको मृतक महिलाका पति मोहम्मद मुस्ताकसहितका आफन्तले आरोप लगाएका छन ।
अस्पताल भर्ना भएकी खातुनलाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले उपचार गरिरहेको थियो।  रात नबित्दै उनको मृत्यु भएपछी परिवारजनले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाएका हुन्। बिरामीको अवस्था गम्भीर बन्दै गएपछि परिवारजनले पटकपटक डाक्टरलाई सचेत गराएका थिए। तर अस्पताल पक्षले ‘सब ठिक छ, चिन्ता लिनु पर्दैन भन्दै  आश्वस्त पारेको थियो । तर एकाएक बिरामिको अवस्था बिग्रँदै गएर मृत्युको खबर आयो । बिरामिको गम्भीर अवस्थालाई बेवास्ता गरेर उपचारमा गरेको लापरवाहिले महिलाको मृत्यु भएको मृतक पक्षको आरोप छ । तर , अस्पताल प्रशासनले भने परिवारको आरोपलाई अस्वीकार गरेको छ। अस्पताल श्रोतले अत्यावश्यक विधि अनुसार उपचार गरिरहेको अवस्थामा उनको मृत्यु भएको र उपचारमा कुनै लापरवाही नभएको जनाएको छ । तर पनि घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक रूपमा छानबिन सुरु गरिएको अस्पतालले जानकारी दिएको छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप