Advertisement
भिडियो

घण्टिमाईको १३ औं साधारण सभा सम्पन्न : शेयर सदस्यले खाएको ऋण ब्याज समयमा नतिर्दा मुनाफा बितरण प्रभावित

Advertisement

आर्थिक बर्ष २०८१/८२ को आर्थिक कारोबारसङ्गै चालू आर्थिक बर्ष २०८२/८३ को प्रस्तावित कारोबार सार्वजनिक गर्दै जितपुरसिमरा उपमहानरपालिका वडा नम्बर ४ स्थित घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कोपिला सिमखडाको अध्यक्षता तथा बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न १३ औं साधारण सभामा सन्चालक समितिको तर्फबाट संस्थागत प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कोपिला सिमखडाले स्थापनाको शुरुवातीको ४ बर्षको कठिन अवस्थालाई पार गर्दै संस्था १३ औं बर्ष पार गरेकोमा खुशी ब्यक्त गर्नुभयो । उहांले संस्थाले बिगत ९ बर्षदेखी आफ्नै सुबिधा सम्पन्न भवनमा कारोबार गर्न सफल भए पनि अझै कतिपय साधनको अभाव रहेकोमा त्यसलाई पूरा गर्दै आउने समयमा संस्थाको आर्थिक कारोबारलाई थप सहज र मितब्ययी बनाउनुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

मुलुकका कतिपय सहकारिमा बचतकर्ताको रकम संचालकद्वारा नै हिनामिना भै सहकारी क्षेत्र नै बदनाम भएको अवस्थाका बिच पनि शेयर सदस्य र सन्चालकले अहिलेसम्म देखाएको आर्थिक अनुशासन र पारदर्शिताका कारण घण्टिमाईले बचतकर्ताको निक्षेप रकम सुरक्षित राखी मुनाफा समेत बितरण गर्न सफल रहेको बताउनुभयो ।
शुभाकामना मन्तब्य ब्यक्त गर्ने क्रममा संस्थाका सेयर सदस्य समेत रहेका स्थानिय सामाजसेवी बुद्धिजिविहरुले बैंकिङ्ग सुबिधाको पहुंच बाहिर रहेका स्थानिय सर्वसाधारणको ससाना रकम बचत गर्दै उनिहरुलाई आवश्यक ऋण प्रवाहमा सहाकारिले सहजता ल्याएको तर केही ऋणी सदस्यहरुले आफुले खाएको ऋणको सांवा र ब्याज समयमा भुक्तान नगर्दा खराब ऋण बढेको धारणा ब्यक्त गरे । उनिहरुले संस्थाका संचालकमा ऋणिप्रती बिश्वास र सदस्यहरुमा इमान्दारिता भए मात्र सहकारि फस्टाउने बताए ।


मन्तब्यकै क्रममा बारा सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सत्येन्द्र ठाकुरले सर्वसाधारणका लागि सहकारिले अत्यन्तै सकरात्मक काम गर्दै आए पनि सहकारिको नाममा केही साहुकारिहरुले बिगतमा देखाएको गलत रवैयाका कारण नियमन प्राधिकारणले अनावश्यक मापदण्ड लागू गरि सदस्यमुखी असलि सहकारीलाई दुख दिएको बताउंदै यहि अवस्था रहे ७७ जिल्लाका सहकारी सङ्घ मिलेर नियमन प्राधिकरण घेराउ गर्ने अवस्थाको शृजना हुनसक्ने बताउनुभयो । उंहाले तीन तहको सरकारका कानुनसङ्गै नेपाल राष्ट्र बैंक, सहकारी नियमन प्राधिकरण र सहकारी बिभागको तीन वटा छुट्टाछुट्टै मापदण्डका कारण सहकारिको सन्चालन थप जटिल बन्दै गएको बताउनुभयो ।
कुल १ हजार १ सय ६६ शेयर सदस्य र ९५ लघु बित्त समूह रहेको घण्टिमाईले गत आर्थिक बर्ष २०८०/८१ मा १९ करोड ७६ लाख रुपैया बराबरको आर्थिक कारोबार गरेकोमा २०८१/८२ मा कारोबार घटेर १८ करोड २२ लाखमा झरेको संस्थाले प्रस्तुत गरेको प्रतिबेदन पुस्तिकामा देखिएको छ ।
गत बर्ष संस्थाको नाममा १८ करोड २२ लाख सम्पती र १३ करोड ९५ लाख दायित्व भएको घण्टिमाईको खुद कुल बचत पुंजी ४ करोड २७ लाख रहेको देखिएको छ ।
आर्थीक बर्ष २०८०/८१ मा ३३ लाख ९१ हजार नाफामा रहेको संस्थाको नाफा २०८१/ ८२ मा घटेर ८९ हजारमा झरेको देखिन्छ । ५६ लाख रुपैया बराबरको खराब कर्जालाई जोखिम कर्जामा राखेकोले मुनाफा कम देखिएको सन्चालकले जनाएका छन ।


२०८०/८१ मा २ करोड १० लाख ४८ हजार रुपैया बराबरको शेयर रकम देखिएको संस्थाको शेयर चालू आर्थिक बर्षमा २ करोड ११ लाख ७३ हजार पुगेको छ भने २०८०/८१ मा १२ करोड २१ लाख ६८ हजार रुपैया बराबर बचत संकलन गरेको घण्टिमाईको बचत रकम २०८१/८२ मा बढेर १२ करोड ९० लाख ५३ हजार पुगेको देखिएको छ ।
गत आर्थिक बर्ष २०८०/८१ मा १४ करोड ४६ लाख २० हजार ऋण प्रवाह गरेको घण्टिमाईको ऋण लगानी घटेर २०८१/८२ मा १३ करोड ८७ लाख ३४ हजारमा झरेको आर्थिक प्रतिबेदनबाट देखिएको छ ।
१३ औं बार्षिक साधारण सभाको अवसरमा सहाकारिका विभिन्न बिधामा उत्कृष्ट काम गर्ने शेयर सदस्यहरुलाइ संस्थाले सम्मान गरेको छ । सोही क्रममा पत्रकारिता बिधामा उत्कृष्ट काम गरेको भन्दै कन्तिपुर टेलिभिजनका सम्बाददाता उपेन्द्र ठाकुरलाई सहकारी पत्रकारिता बिधामा नगद रकमसहित कदरपत्रद्वारा सम्मान गरिएको छ । घण्टिमाईको १३ औं बार्षिक साधारणको कुशल सन्चालन संस्थाका सन्चालक समितिका सचिव त्रीलोक बिक्रम शाहले गर्नुभएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप