पछिल्लो समय हैजा प्रभावित जिल्लाको रुपमा देखापरेको बारा र पर्सा जिल्लामा हैजा बिरुद्धको खोप कार्यक्रम सन्चालन हुंदैछ ।
हैजा रोग बिरुद्धको प्रतिकार्य स्वरुप यहि कार्तिकमा सन्चालन गरिने भनिएको खोप पर्सामा असोज २६ गते र बारामा असोज २७ गतेदेखी सन्चालन हुंदैछ । हैजा रोगबाट सुरक्षित गर्न सन्चालन गरिने खोप हैजाको प्रकोप देखिएको पर्सा जिल्लाको सबै पालिका र बारा जिल्लाको कलैया र जितपुरसिमरा उपमहानगरपालिकासङ्गै परवानिपुर, प्रसौनी, फेंटा र बिश्रामपुर गाउंपलिका गरि ६ वटा पालिकाका सबै वडाहरुमा एकसाथ सन्चालन हुंदैछ । एक बर्षभन्दा माथिको उमेर समुहका सबै ब्यक्तिका लागि निशुल्क खुवाइने यो खोप सुरक्षित मात्रै नभै यसले जीवन रक्षा समेत गर्ने भएकोले उक्त उमेर समुहभित्र पर्ने सबैले अनिवार्य खानुपर्ने विश्व स्वास्थ्य संगठन डब्लु एच ओ का प्रतिनिधिहरुले जनाएका छन । खोप अभियानको बिषयमा जानकारी गराउंदै उनिहरुले आफू बस्ने स्थानिय तह अन्तर्गतका वडाहरुमा सन्चालन हुने खोप शिविरमा पुगेर खोप खान आग्रह गरेका छन ।
गएको भदौको पहिलो सातामा पर्साको बिरगन्ज महानगरपालिका वडा नम्बर १२ मा पहिलो हैजाको केश देखिएकोमा त्यसको संख्या बढेर बारा र पर्सामा गरी एक हजार ६ सय ८५ पुगेकोले हैजा बिरुद्धको प्रतिकार्य स्वरुप खोप कार्यक्रम सन्चालन गर्न लागिएको डब्लु एच ओ बाट आएका प्रतिनिधिहरुले जानकारी गराएका छन । बारा र पर्सामा खोप अभियान चलाउन विश्व स्वास्थ्य संगठनले नेपाललाई १० लाख खोप उपलब्ध गराएको छ । पर्सा जिल्लाका प्रभावितका लागि ६ लाख ५२ हजार एक सय २९ र बारा जिल्लाका लागि ३ लाख ६५ हजार ९ सय ३१ गरि कुल १० लाख १८ हजार ६० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा खोप लगाउने बेला उच्च ज्वरो वा अन्य सिकिस्त बिरामि भएर उपचारको क्रममा रहेकोलाई खोप नलगाइने भएकोले प्राप्त खोप दुबै जिल्लाका लागि पर्याप्त भएको जितपुरसिमरा उपमाहनगरको स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्करले जनाएका छन । प्राप्त खोपमध्ये करिब एक लाख २७ हजार खोप जितपुरसिमराका वडाहरुमा खुवाइने उनले जनाएका छन ।
बारा पर्साका हैजा प्रभावित क्षेत्रमा हैजा बिरुद्धको खोप सन्चालन : एक बर्ष उमेर समुहमाथिका सबैले अनिवार्य खोप खान विश्व स्वास्थ्य संगठनको आग्रह
