वीरगन्ज महानगरपालिकाले नगरको फोहोरमैला व्यवस्थापनको जिम्मा निजि कम्पनिलाई दिएको छ ।
जीरो वेस्ट सहरको परिकल्पना अनुरुप निजि क्षेत्रको करिब ४ करोड रुपैयाको लगानिमा बिरगन्ज महानगरको फोहर ब्यवस्थापन गरिनेछ । त्यसका लागि आज वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र निजी क्षेत्रको प्रतिष्ठित कम्पनी सुर्य नेपाल प्रा लि बीच एक ऐतिहासिक त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। यो परियोजना पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा सञ्चालन हुनेछ। परियोजनाको निर्माण सम्पन्न भएपछि सम्पूर्ण संरचना र व्यवस्थापन प्रणाली वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता भएको छ । मेयर राजेशमान सिंह र महानगरपालिकाका प्रशासकीय प्रमुख अरबिन्द लाल कर्णसहित साझेदार संस्थाका प्रतिनिधिहरू सहभागीतामा सम्झौता सम्पन्न भएको यो परियोजनाले शहरभित्र उत्पन्न हुने दैनिक फोहोरलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने, पुनःप्रयोग र रिसाइकलिङ प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। यसका लागि आधुनिक फोहोर संकलन केन्द्र, कम्पोस्ट प्लान्ट र रिसाइकलिङ प्रणाली स्थापना गर्ने तयारी छ।