जनमत पार्टीमा भएको विभाजन र नयाँ दल गठनबिरुद्ध पार्टीका अध्यक्ष सिके राउत सर्वोच्च अदालत पुगेका छन्।
आफ्नै पार्टीका उपाध्यक्ष दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर ‘जनस्वराज पार्टी’ गठन गरेपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै अध्यक्ष राउतले निर्वाचन आयोगलाई विपक्षी बनाउंदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । राउतले पेस गरेको रिटलाई बिहीबार दर्ता गरेको सर्वोच्च अदालतले उक्त मुद्दाको पेसी शुक्रबारका लागि तोकेको छ । पार्टिभित्र असन्तुष्ट रहेका उपाध्यक्ष साहको नेतृत्वमा नयाँ दल गठन भएपछि पार्टिको नीति बिपरित साह लागेको भन्दै राउतले साहलाई पार्टीबाट निष्कासन गरेका थिए। यस विभाजनलाई निर्वाचन आयोगले भने असोज २८ गते नै मान्यता दिँदै जनस्वराज पार्टि दर्ता गरेको थियो ।