Advertisement
भिडियो

रसुवाको बाढीमा ज्यान गुमाएका प्रहरी जवान मुन्ना ठाकुरको परिवारलाई बारा प्रहरीले गर्यो सम्मान

Advertisement

रसुवामा आएको बाढीमा परेर ज्यान गुमाएका प्रहरी जवान मुन्ना ठाकुरको परिवारलाई बारा प्रहरीले सम्मान गरेको छ ।

७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित श्रद्धाञ्जली अपर्ण तथा विशेष कार्यक्रममा स्वर्गीय ठाकुरकी श्रीमती गुन्जा ठाकुरलाई दोसल्ला ओढाएर र नगद सहित सम्मान गरिएको हो । स्वर्गीय प्रहरी जवान मुन्ना ठाकुरको परिवारलाई बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले प्रहरी विपद तथा राहत कोषबाट प्राप्त ६ लाख रुपैयाँ बराबरको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका छन । साथै, मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त ३५ हजार रुपैयाँ नगद समेत उनको श्रीमति गुन्जा ठाकुरलाई प्रदान गरिएको छ । फेटा गाउँपालिका–१ भलुही निवासी प्रहरी जवान ठाकुर गत असार २४ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी क्षेत्रमा आएको बाढीका बेला उद्धार कार्यमा खटिएका क्रममा बेपत्ता भएका थिए । लामो समय खोजी गर्दा पनि शव फेला नपरेपछि उनका परिवारजनले कुशको शव बनाएर श्रावण २३ गते हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका थिए । प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा शहीद तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सहिद प्रहरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित अधिकारीहरूले प्रहरी परिवारको योगदान र त्यागको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप