महिला तथा युवाहरुलाई उधमशिलतासँग जोडन बारामा उधमशिलता तथा बित्तिय साक्षरता तालिम सन्चालन

महिला तथा युवाहरुलाई उधमशिलतासँग जोडन बारामा उधमशिलता तथा बित्तिय साक्षरता तालिम सन्चालन भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका तथा राष्ट्रिय युवा परिषद भक्तपुरको सँयुक्त आयोजना बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा उक्त तालिमको आयोजना गरिएको हो । उधम तथा व्यवसायमा सँलग्न भएका तथा नयाँ उधम तथा व्यवसाय गर्न चाहने युवा तथा महिलाहरुलाई उधमशिलता सम्बन्धी सिप र ज्ञान दिनुका साथै उनीहरुलाई बित्तिय ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको हो । तालिममा महिला तथा बिदेशबाट फर्केका युवाहरुलाई सिप र उधमशिलतासँग जोडन सात दिनसम्म आयोजना गरिएको तालिममा ७ जना पुरुष र २८ जना महिला गरी कुल ३५ जनाको सहभागिता रहेको छ । आजदेखि ७ दिनसम्म सञ्चालन हुने तालिमका सहभागिलाई व्यवसायिक क्षमता अभिबृद्धि गर्ने सिपसँगै बित्त व्यवस्थापन सम्बन्धि ज्ञान दिईने आयोजकले जनाएको छ । यसका साथै व्यवसाय सञ्चालन गर्दा भबिष्यमा आईपर्ने समस्याको समाधानका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सहुलियत कर्जाका लागि सहजिकरण समेत गरिने आयोजकले जनाएको छ ।

Leave a Comment