Advertisement
भिडियो

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं साधारणसभा सम्पन्न : नयां कार्यसमिती चयनको गृहकार्य शुरु

Advertisement

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो २३ औं साधारण सभा सम्पन्न गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं साधारण सभा समितिका अध्यक्ष कासिम हुसेनको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । २३ औं साधारण सभाको उदघाटन सत्रमा संस्थाको तर्फबाट प्रतिबेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष कासिम हुसेनले संस्थाको २३ औं साधारणसभासम्म आइपुग्दाको आरोह र अवरोहका बिषयमा जानकारी गराउंदै आफ्नो चार कार्यकालमा समितिमा पदाधिकारिहरुको सहयोगले करिब ५ हजार ४ सय घरधुरी उपभोक्तालाई स्वच्छ र स्वस्थ्य खानेपानी सुलभ शुल्कमा बितरण गर्न  सफल भएको बताए । पहिलो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुंदा करिब १ हजार २ सय उपभोक्ताको संख्या रहेको र एउटा ओभरहेड ट्यांकिबाट पानी बितरण शुरु गरेको समितिले चौथो कार्यकालसम्म आइपुग्दा ४ वटा ओभरहेड ट्यांकिको निर्माण गर्न सफल हुनुका साथै उपभोक्ताको संख्यामा वृद्धि र नियमित तथा निर्वाध रुपमा खानेपानीको बितरणसङ्गै समितिको खातामा उल्लेख्य रकम बचत गर्न सफल भएको बताए । पहिला घाटामा चलेको समितिले अहिले बचत समेत गरि बिपन्नलाई नि:शुल्क खानेपानीको मिटर जडान, निशुल्क शौचालयको निर्माणसङ्गै जेहेन्दार बिधार्थिलाई छात्रबृती र सिमरा कलेजको पुर्वाधार निर्माणमा सहयोग गरि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समेत सफल रहेको बताए । खानेपानी बिशुद्ध रुपमा सेवासङ्ग जोडिएको बिषय भएकोले यसलाई राजनिती गर्ने थलो नबनाउन बिशुद्ध रुपमा सेवा गर्ने मन भएका ब्यक्ती समितिमा आए मात्र संस्था र उपभोक्ता दुबैको हित हुने प्रष्ट पारे । अध्यक्ष हुसेनले आउने २३ औं अधिबेशनले समितिमा राजनिती दलको भन्दा उपभोक्ताको प्रतिनिधि हुनसक्ने योग्य ब्यक्तिलाई चुन्न सक्नुपर्छ भन्ने आफ्नो धारणा तथा शुभकामना ब्यक्त गरे ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै विभिन्न राजनितिक दल तथा संस्थाका प्रतिनिधिहरुले सिमराको खानेपानी ब्यवस्थापनमा  अध्यक्ष कासिम हुसेन लगायत समितिका पदाधिकारिहरुले पुर्याएको योगदानको खुलेर सराहना गरे । उदधाटन सत्रलाई सम्बोधन गर्ने क्रममा कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनलले पानी मानिसको जनजिविकासङ्ग जोडिएको बिषय भएकोले यसको संरक्षण र ब्यवस्थापनमा सबैको हातेमालोको आवश्यकता औंल्याउदै खानेपानीको कुशल ब्यवस्थापनमा सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यको खुलेर सराहना गर्दै प्रदेश सरकारबाट गर्न सकिने हरेक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कासिम हुसेनको चार कार्यकालले खानेपानीको ब्यवस्थापनमा एउटा माइलस्टोन रच्न सफल भएकोले अब आउने कार्यसमितिका लागि यो ठूलो चुनौती पनि भएको बताउंदै सबल र सक्षम नेतृत्व चयन गर्न उपभोक्तालाई सुझाव दिए । २३ औं साधारण सभाको अवसरमा खानेपानीको ब्यवस्थापनमा उल्लेख्य यिगदान दिने कर्मचारी, समितिका पदाधिकारी तथा उपभोक्तालाई सम्मान गरिएको थियो । आज उदघाटन सत्र सम्पन्न गरेको उपभोक्ता समितिको २३ औं साधारण सभाको उदघाटन सत्रको समापनसङ्गै अधिबेशनको प्रकृयामा प्रवेश गरेको छ । समिती बिधान बमोजिम अर्को कार्यसमिती सहमतिबाट ल्याउने र सहमती हुन नसके बिधान बमोजिम निर्वाचनको प्रकृयामा जाने समितिका अध्यक्ष हुसेनले जनाएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप