गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ स्थित पाङबारी पिक हिमाल आरोहणका क्रममा हिउँमा फसेका दुई इटालियन नागरिक मृत फेला परेका छन ।
मृत फेला पर्नेमा बर्ष ५१ को Farronato Stefano र बर्ष २८ को Caputo Alessandro रहेको प्रहरिले जनाएको छ । गत असोज २९ गते पाङबोचे स्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणको लागि ३ जना इटालियन नागरिक र ३ नेपाली सहयोगी त्यस तर्फ गएका थिए । मौसममा आएको परिवर्तनसंगै अत्याधिक हिमपात भए पछि उनीहरु फसेका थिए । फसेका मध्ये एक हजार ५ सय मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ईटालियन नागरिक बर्ष ६४ को Perlino Valter र उनी संग रहेका वर्ष ३५ का पेम्बा रेन्जी शेर्पा , वर्ष ३१ का दावा छिरी शेर्पा ,वर्ष ३१ का पासाङ तामाङ लाई कात्तिक १६ गते कैलाश हेलिकप्टरबाट जीवित उद्धार गरिएको थियो । पर्वारोहण उद्धार टोली परिचालन गरी खोजी गरिदा हिउँ पुरिएको अवस्थामा भेटिएका इटालियन नागरिकहरु बर्ष ५१ को Farronato Stefano र बर्ष २८ को Caputo Alessandro को शब फेला परेको हो । उनिहरु दुबै जनाको शव लाई आजै हेलिकप्टर बाट काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

