महिला तथा युवाहरुलाई उधमशिलतासँग जोडन बाराको जीतपुरसिमरामा सञ्चालित सातदिने उधमशिलता तथा बित्तिय साक्षरता तालिम आज समापन भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । महिला तथा बिदेशबाट फर्केका युवाहरुलाई सिप र उधमशिलतासँग जोडन सात दिनसम्म आयोजना गरिएको तालिममा कुल ३७ जनाले सहभागिता जनाई उधमशिलता तथा बित्तिय साक्षरता सम्बन्धि व्यवसायिक सिप तथा ज्ञान प्राप्त गरेका छन । सहभागिहरुमध्ये केही पहिलेदेखि नै विभिन्न उधम तथा व्यवसायमा आबद्ध थिए भने केही उधम तथा व्यवसायमा आबद्ध हुने सोँचले तालिममा सहभागिता जनाएका थिए । तालिमका सहभागिहरुलाई सात दिनसम्म कुशल प्रशिक्षकको माध्यमबाट उधमशिलताका लागि आवश्यक व्यवसायिक ज्ञान प्रदान गरिएको छ । पहिला उधम गरेपनि व्यवसायिक ज्ञानको अभावमा व्यवसाय कसरी छनौट गर्ने, व्यवसायिक योजना कसरी बनाउने र व्यवसायका लागि आवश्यक पूँजीको व्यवस्थापन कसरी गर्ने बारे ज्ञान नहुँदा अपेक्षित उपलब्धि हात पार्न नसकिएको सहभागिहरुले जनाएका छन । तर यो तालिमले व्यवसाय कसरी छनौट गर्ने र व्यवसायिक योजनासँगै बित्तिय व्यवस्थापन कसरी गर्ने भन्ने बारे आफुहरु सात दिनसम्म सिकेको सिकाईले उधम तथा व्यवसायमा सहजता थपेको सहभागिहरुले बताए । जीतपुरसिमरा उपमहानगरपालिका तथा राष्ट्रिय युवा परिषद भक्तपुरको सँयुक्त आयोजना बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा उक्त तालिमको आयोजना गरिएको थियो । उधम तथा व्यवसायमा सँलग्न भएका तथा नयाँ उधम तथा व्यवसाय गर्न चाहने युवा तथा महिलाहरुलाई उधमशिलता सम्बन्धी सिप र ज्ञान दिनुका साथै उनीहरुलाई बित्तिय ज्ञान प्रदान गर्न आयोजना गरिएको तालिमको माध्यमबाट उनीहरु व्यवसायिक सिप सिक्नुका साथै आफु अनुकुलको व्यवसाय समेत छनौट गरेका छन । सहभागिहरुलाई नगरका उपप्रमुख भोला अधिकारी तथा प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले सिकाईको प्रमाणपत्र बितरण गरेका छन ।