Advertisement
भिडियो

उपचार गराउने बहानामा काठमाण्डौ हिंडेकी मधेश प्रदेश प्रमुखले बर्दिबासको एक कटेज पुगेर गरिन मुख्यमन्त्री नियुक्त

Advertisement

उपचार गराउने बहाना गरि काठमाण्डौ हिंडेकी मधेश प्रदेश प्रमुखले  सुमित्रा देवि भण्डारिले बर्दिबसको एक कटेजमा पुगेर मुख्यमन्त्री नियुक्त गरेकी छिन ।

उपचार गराउने बहाना गरि काठमाण्डौ जाने भनी सोमबार बिहानै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारिले बर्दिवासको एक कटेजमा पुगेर गरिन् मुख्यमन्त्री नियुक्त गरेकी हुन । सोमबार बिहानै ४ बजे बिरामी छु भन्दै जनकपुरबाट काठमाडौंका लागि हिड्ने क्रममा उनलाई मधेश प्रदेशका कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरेका थिए । बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारी बर्दिवासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ लाई टेकेर मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गरेकी छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप