मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा आज जनकपुरको मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालय र मुख्यमन्त्रीको कार्यालय अगाडि तोडफोड भएको छ ।
मुख्यमन्त्री नियुक्तिको बिषयलाई लिएर बिरोधमा उत्रेका नेपाली कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रदेश प्रमुख भण्डारी र मुख्यमन्त्रीको कार्यालय अगाडि तोडफोड गरेका हुन् । प्रदेश प्रमुखको गतिबिधिको विरोधमा नाराबाजी गर्दै उनीहरुले भण्डारिलाई संघीयता विरोधी कार्य गरेको भन्दै नाराबाजी गर्दै प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन् । बिरामी भएको बहाना गरि आज बिहानै जनाकपुरबाट काठमाण्डौ हिंडेकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले बर्दिबासको पानस कटेज पुगेर सोमबार बिहानै एमालेका संसदिय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरि काठमाण्डौ हिंडेपछी बिबाद भएको हो । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बिश्वासको मत लिने क्रममा राजिनामा दिएपछी दुई दिनदेखी मुख्यमन्त्रीको पद रिक्त थियो र सोनल कामचलाउ मुख्यमन्त्रीका रुपमा थिए । पुन: मुख्यमन्त्री नियुक्तिको छलफल र गृहकार्य चलिरहेकै बेला प्रदेश प्रमुख भण्डारि पानस रिसोर्टमा पुगेर संविधानको धारा धारा १६८ (३) लाई टेक्दै प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्। उनिहरु अहिले पनि मुख्यमन्त्रीको कार्यालय अगाडि बिरोध प्रदर्शन गरिरहेका छन ।

