Advertisement
भिडियो

शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन शिक्षामन्त्रीको सर्कुलर

Advertisement

शिक्षा मन्त्रालयले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताउंदै त्यस्तो पाइएमा पदबाट बर्खास्त गरिने भन्दै सूचना जारी गरेको छ ।

कार्तिक २३ गते जारी मन्त्रालयको सुचनामा कुनै पनि पेसागत ऐनहरुले ऐन बमोजिमको सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संग्लन हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा ध्यानकर्षण गराइएको छ ।
राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको शिक्षामन्त्री पुनले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप