सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उनलाई हटाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले बताएका छन । मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उनलाई हटाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले भने ।
सोमबार बिहान प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको बहाना गर्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। तर काठमाण्डौ जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा पुगेर कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज कुमार यादबलाई मुख्यमन्त्रीमा नियुक्त गरि सपथ समेत खुवाएकी थिइन । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्न खोजेको आरोप लगाउंदै राजिनामा माग गरेका थिए । प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्ने आवास र मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड समेत गरेका थिए

