भारतको दिल्लीस्थित लाल किला मेट्रो स्टेशन नजिकै एउटा कारमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
घटनामा कम्तीमा २४ जना घाइते भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन् । कारमा भएको विष्फोटले त्यस वरपर रहेका अन्य सवारिका साधनमा पनि क्षति पुगेको थियो। त्यांहाका मेडिकल सुपरिटेन्डेन्ट लोक नायक जय प्रकाश नारायणका अनुसार बिष्फोटमा परि घाइते हुनेहरुको अस्पताल पुर्याउनु अगाडि नै मृत्यु भइसकेको थियो। बिष्फोटमा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको र एक जना सामान्य रहेको उनको भनाइ छ । सोमबार साँझ ६ बजेर ५५ मिनेटमा एउटा कारमा विष्फोट भएको खबर फैलिएको थियो। उक्त घटना आतंकवादी भएको भन्दै भारत सरकारले प्रमुख सहरमा सुरक्षा सतर्कता बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका विषयमा गृहमन्त्री अमित शाहलगायतसँग समीक्षा गरिरहेको बताइएको छ।

